भारतका विद्युत् मन्त्री सिंहले प्रधानमन्त्री र उर्जामन्त्री भेट्दै
काठमाडौं : भारतका विद्युतमन्त्री राजकुमार सिंहले बिहीबार प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुनसित छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्दै छन्। तीनदिने भ्रमणमा आएका मन्त्री सिंहले प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेट गर्ने ऊर्जा, सिँचाइ तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
सिंहले बुधबार संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन्। नेपाल पूर्वाधार सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आइपुगेका मन्त्री सिंहले संखुवासभामा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन्।