उपनिर्वाचनका लागि नेकपाले दियो दल दर्ताको निवेदन

उपनिर्वाचनका लागि नेकपाले दियो दल दर्ताको निवेदन

काठमाडौं : सत्तारुढ नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो। एकीकरणपछि गठित दलले उपनिर्वाचनमा पुन : दल दर्ता गर्नुपर्ने व्यवस्था अनुसार निर्वाचन आयोगले एक महिने सूचना प्रकाशित गरेको थियो।

दल दर्ताका लागि नेकपा निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, सचिव बाबुराम दाहाल, कार्यालय सचिवहरू श्रीराम ढकाल र ईश्वरी रिजाल कागजात सहित आयोग पुगेका थिए।

२०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।

'प्रमुख निर्वाचन आयुक्तसहित अन्य आयुक्तसँग पनि भेट्यौँ', दल दर्ताका लागि निवेदन दिएपछि देवकोटाले अन्नपूर्णसँग भने, 'निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन कानुनमा सुधार गर्नुपर्ने लगायत  रणनीतिक काममा आयोग लागेको जानकारी गराउनुभयो, दलहरूको सुझाव आओस् भन्नुभयो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.