सुमेकरको अस्तु चन्द्रमामा किन लगियो ?

सुमेकरको अस्तु चन्द्रमामा किन लगियो ?

अमेरिकी भूगर्भशास्त्री र प्लानेटरी साइन्सका एक जना प्रवर्तक युजिन मेर्ले सुमेकर  (सन् १९२८–१९९७) को अस्तु चन्द्रमामा पुर्‍याइएको थियो। सुमेकर, उनकी पत्नी क्यारोलिन एस सुमेकर र अर्का वैज्ञानिक डेभिड एच लेभीले सन् १९९४ मा सुमेकर–लेभी नाइन नामक धूम्रकेतु पत्ता लगाएका थिए। यो धूम्रकेतु वृहस्पति ग्रहसँग ठोक्किएको थियो।

भूगर्भशास्त्री सुमेकर प्लानेटरी साइन्सका आविष्कारकमध्ये एक थिए। उनले भूगर्भविज्ञानलाई खगोलविज्ञानसँग सम्मिलित गराएका थिए। चन्द्रमाको सतहबारे उनले निकै अध्ययन गरेका थिए। चन्द्रमा जाने अन्तरिक्ष यात्रीलाई प्रशिक्षण पनि दिएका थिए। सुमेकरले चन्द्रमाका थुप्रै खाडल, उपत्यका र पहाडका नाम राखेका छन्।

उनको चन्द्रमाप्रतिको लगाव र प्रेमको उच्च मूल्यांकन गर्दै नासाले उनको अस्तु चन्द्रमामा पठाएको थियो। उनी कार दुर्घटनामा बितेका थिए। उनको खरानीलाई एउटा सिलिन्डरमा राखेर चन्द्रमामा पठाइएको थियो। उनकी पत्नी क्यारोलिनले सिलिन्डरमा एउटा धूम्रकेतुको तस्बिर र सेक्सपियरको नाटक ‘रोमियो एन्ड जुलियट’का केही पंक्ति कुँद्न लगाएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.