पेटमा प्वाल पार्ने लामा झाँक्रीविरुद्ध उजुरी

पेटमा प्वाल पार्ने लामा झाँक्रीविरुद्ध उजुरी

धादिङ : जण्डिसको उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटेर प्वाल पारिदिने लामा झाँक्रीविरुद्ध पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । पीडितका भाइ र श्रीमतीले लामाविरुद्ध कारवाहीको माग गर्दै प्रहरी कार्यलयमा उजुरी दिएका हुन् ।

 
नीलकण्ठ नगरपालिका- ९ का राजु मगरलाई नीलकण्ठ नगरपालिका- ३ धादिङबेसीका लामा झाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचारको गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका थिए । 

दुई महिनादेखि जण्डिसले थलिएका पीडित मगरलाई धादिङबेसीमा झारफुकको काम गर्दै आएका आरोपित लामाले भदौ १५ गते तान्त्रिक विधिबाट शरीरमा भएको विकार निकाली जण्डिस रोग निको पारिदिने भन्दै कोठाभित्र थुनेर पेटमा ब्‍लेडले चिरी रगत चुसेको र केही रगत भाँडामा समेत राखेको पीडित पक्षको आरोप छ ।

पीडित मगरको उपचार गरेबापत ८ हजार ३ सय ८० रुपैयाँ रकम लिइ उल्टो पीडितलाई थप घाइते बनाएको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतीराम भट्टले जानकारी दिए । 

घटना सार्वजनिक भएसँगै मगरलाई उपचारका लागि जिल्ला अस्पताल धादिङमा ल्याइए पनि मगरको जण्डिस अन्तिम अवस्थामा पुगिसकेकाले थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल रिफर गरिएको छ । 

यता लामा झाँक्रीले भने आफूले बिरामीको पेटमा प्वाल पर्ने गरी नचिरेको दावी गरेका छन्।उनले आफूलाई अनावश्यक आरोप लगाएको बताए । अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा लामाले भने, अस्पतालले बिरामीको उपचार सम्भव छैन भनेर पठाइदिएपछि उहाँहरु मकहाँ आउनुभयो, मैले जानेसम्मको विधिबाट जण्डिसको उपचार गरिदिएको हुँ।'

उपचार गर्दा थोरै रगत पनि आवश्यक भएकाले पेटमा थोरै काटेर रगत निकालेको भने लामाले स्वीकार गरे । उनले आफूले लामा विधिबाट सेतो कागज कानमा राखेर बिरामीको कानबाट जण्डिस निकालेको र जडिबुटीको दबाइ पनि बनाएर अस्पतालको औषधिसँगै खानू भनेर पठाइदिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.