एकताको लागि राजा आवश्यक छ : बुद्धिमान तामाङ

एकताको लागि राजा आवश्यक छ : बुद्धिमान तामाङ

धादिङ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रिय अखण्डता र एकताको लागि भनेपनि राजा आवश्यक रहेको बताएका छन्। राप्रपाले राजतन्त्रको पक्षमा वकालत गर्दै गर्दा कोही नै राजा हुनुपर्छ भन्दा पनि राजसंस्थाको लागि वकालत गरिरहेको तामाङले बताएका हुन्।

राप्रपाको देशव्यापी कार्यकर्ता प्रशिक्षणको क्रममा गृहजिल्ला धादिङ आइपुगेका तामाङले धादिङका पत्रकारसँग भेटघाट गर्दै यस्तो बताएका हुन्। ‘बेलायत, जापानजस्ता विकससित मुलुकमा पनि राष्ट्रिय एकताकै लागि सांस्कृतिक राजा छन्’, उनले भने, ‘उनीहरुको काम कर्तव्य केही छैन, हामीले पनि नेपालको हितको लागि त्यस्तै राजा हुनुपर्छ भनेका हौं।’

राष्ट्रको कुनैपनि धर्म र जात नहुने भएपनि राष्ट्रिय पहिचानको लागि मात्रै भनेपनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने उनको भनाइ छ। ‘इसाई, मुस्लिम देश थुपै छन्’, तामाङले भने, ‘विश्वमा एउटा मात्रै देश हो जहाँ ८० प्रतिशत भन्दामाथि हिन्दु जनता छन्, ९५ प्रतिशत ओमकार परिवार जनता छन्। विश्वमै पहिचानको लागि मात्रै पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्छ।’ 

वर्तमान प्रदेशको संरचना खारेज गरेर स्थानीय तहलाइ अझै अधिकार सम्पन्न बनाउने कुरामा राप्रपाले जोड दिइरहेको नेता तामाङले बताए। ‘अहिलेको प्रदेश सरकारको संरचना आवश्यक छैन।’ तामाङले भने, ‘यो खारेज गरेर अहिलेको स्थानीय तहलाइ अझै शक्तिशाली बनाउनुपर्छ।’
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.