विदेशी बुहारीको नागरिकता : समितिको तीन विकल्प

विदेशी बुहारीको नागरिकता : समितिको तीन विकल्प

काठमाडौं : वैवाहिक अंगीकृत नागरिकता विषयमा संसद्को राज्य व्यवस्था समितिको बैठकले ३ वटा विकल्प अघि सारेको छ । अधिकांश सांसद्ले समितिमा हालसम्म गरेको छलफलको आधारमा तीन विकल्प निकालेको हो । 

नेपालीसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई आवश्यक परेको समयमा नागरिकता दिने तर नागरिकता लिएको ६ महिनाभित्र आवश्यक कागजातहरु पेस गरिसक्नु पर्ने पहिलो प्रस्ताव रहेको छ । 
 

अर्को प्रस्तावमा नेपाली नागरिकसँग विवाह गरेर आउने महिलाले विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था रहेको छ ।

तेस्रो प्रस्तावमा विवाह गरेर आएका महिलाको लागि 'वैवाहिक नेपाली परिचयपत्र' दिने र ७ वर्षपछिमात्र वैवाहिक अंगीकृत नागरिकता दिने कुरा छ । यस्तो परिचयपत्र पाएकालाई सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार उपलब्ध भए पनि राजनीतिक अधिकार भने नागरिकता पाएपछि मात्र उपलब्ध हुने भनिएको छ।

शुक्रबार बसेको संसद्‍को राज्यव्यवस्था समिति बैठकबाट नागरिकता विधेयक पारित गरिने भनिए पनि कांग्रेस र समाजवादी पाटीका सांसद्ले अन्तिम प्रतिवेदन छलफल गरेपछिमात्र पारित गर्ने भनेका छन् । भोलिको समिति बैठकबाट नागरिकता विषय पारित गर्ने उनीहरुले बताएका छन् ।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.