स्वास्थ्य जनचेतना जगाउन दौड योजना
भारतको तेस्रो ठूलो मोटरसाइकल कम्पनी टीभीएस मोटर्स दुई पांग्रे सवारीसाधनका लागि लोकप्रिय नाम हो। टीभीएसका लागि आधिकारिक बिक्रेता जगदम्बा अटो ग्रुप कम्पनीले चार वर्ष पूरा गरेको छ। नयाँ ब्रान्डका दुई पांग्रे सवारीको अधिक बिक्री गर्ने अब्बल कम्पनीमध्ये एक हो, जगदम्बा अटो ग्रुप।
टीभीएसले चाथो वार्षिकोत्सवका अवसरमा यही शनिबार ‘टीभीएस दसंको दाड’ योजना सार्वजनिक गरेको छ। कम्पनीको समग्र बजार र योजनामा केन्द्रित रहेर जगदम्बा अटो ग्रुपका उपाध्यक्ष दीपक अग्रवालसँग गरिएको कुराकानी :
कम्पनीले भर्खरै ‘टीभीएस दसैंको दौड’ योजना ल्याएको छ। यो कस्तो योजना हो ?
नेपालको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसर पारेर नेपालका लागि टीभीएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना ‘टीभीएस दसैंको दौड’ ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ। टीभीएस सोरुममा नगइकनै वा टीभीएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो।
देशका विभिन्न भागमा यस प्रकारको म्याराथन दौड सञ्चालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भदौ २८ गते शनिबार काठमाडौंमा पहिलोपटक यो ‘टीभीएस दसैंको दौड’ अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ। उक्त दिन बिहान ७ बजेदेखि सुरु हुने यो रमाइलो दौड हो।
दौडका लागि कुन कुन ठाउँ तोकिएको छ ?
रमाइलो दौड नक्साल बालमन्दिरबाट सुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस सोरुम नक्सालमा पुगी समापन हुनेछ। सबै उमेर सबै समूहका व्यक्तिले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैलाई स्योर सट छुटस्वरुप एक हजार रुपैयाँ प्रदान गरिनेछ भने विजेतामध्ये प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
दसैंको चहलपहलले हामीलाई छोइसकेको छ। यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकसमक्ष ल्याएको ‘टीभीएस दसैंको दौड’ प्रति उपभोक्ताले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ। त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं। यसै योजनामा एक रमाइलो दौडलाई हामीले ‘स्वास्थ्यका लागि रमाइलो दौड’ भन्ने नाराका साथ आयोजना गर्न लागेका हौं। स्वास्थ्यप्रति सजग महानुभावले यो दौडमा सहभागिता जनाइ दसैंको स्वागतमा रमाउनु हुनेछ।
बाइकको प्रोमोसनमा दौडको सान्दर्भिकता के होला ?
मानिसको जिन्दगी दौडमै हुन्छ। बिहानदेखि बेलुकासम्म हामी दौडिरहेकै छौं। व्यावसायिक जीवनमा हामीले स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेका छौं। जुन पहिलो प्राथमिकता हुनपथ्र्याे। यो सबैका लागि राम्रो हो। स्वस्थ जीवन हुनुपर्छ। केही समय हामीले आफ्ना लागि पनि छुट्याउनुपर्ने हुन्छ। प्रोफेसनालिज्मको बीचमा स्वास्थ्यको जनचेतना जगाउन यो योजना ल्याएका हौं।
यो एउटा कर्पाेरेट कार्यक्रम पनि हो। यसको मुख्य उद्देश्य स्वास्थ्यसम्बन्धी जनचेतना पनि हो। जगदम्बा मोटर्सले चार वर्ष पूरा गरेको उपलक्ष्यमा यो सुन्दर काम गरौं भन्ने पनि हो। हाम्रा अस्पतालका साझेदार तथा खेलाडीमार्फत जनचेतना जगाउन खोजेका हौं।
सवारी बजारको कुरा गर्दा दुई पांग्रे सवारीको बजारको ट्रेन्ड कस्तो छ ?
पछिल्लो दुई वर्षदेखि ओभरअल बजार चाँही बढेको छैन। मार्केटको साइजको कुरा गर्दा स्थीर नै छ। विशेगरी टीभीएसको कुरा गर्नु पर्दा बजार बढ्दैछ। करिब ३५/४० प्रतिशतका हिसाबले हाम्रो बजार बढिरहेको छ। आजको समयमा भन्ने हो भने त दुई पांग्रे सवारी त आधारभूत आवश्यकता नै भइसकेको छ।
सार्वजनिक सवारीमा असहज व्यवस्थापन, सडकको अवस्था र ट्राफिक जामलाई त्यति सहज नहुँदा दुई पांग्रे सवारी नै उपयोगी छ। दुई पांग्रे सवारीको भविष्य राम्रो देखेको छु।
समग्र सवारीको बजार स्थीर हुनुको पछाडि के कारण छ ?
पहिलो त तथ्यांक हेर्ने हो भने कुल जनसंख्याको जम्मा १० प्रतिशत मात्रै पहुँचमा छन्। यसरी हेर्दा पहुँच नै नपुगेको होकी भन्ने जस्तो छ। यद्यपि कुल जनसंख्यामा बालबालिका, वृद्धवृद्धा छुट्याउने हो भने एक तहमा आवश्यकता पुगेको पनि देखिन्छ। साथै पूर्वाधार र करको दायराको प्रभाव हुन्छ। भारतमा ३० हजार, ४० हजार रुपैयाँ पर्ने बाइकलाई नेपालमा दुई/अढाई लाख रुपैयाँ पर्न आउँछ। यसमा मानिसको क्रयशक्तिको पनि कुरा आउँछ। सबैजनाले दुई पांग्रे सवारी खरिद गर्न पनि सक्दैनन्।
अर्काे कुरा, बजारमा मैले तृप्तता पनि देखेको छु। कुनै पनि कुराको समयावधी हुन्छ। सरकारको खर्च कमजोर देखिनु, मूल्यवृद्धि हुनु पनि कारण हो। पहिलाको भन्सार कर प्रणाली अहिले परिवर्तन भएको छ। १५० सीसीभन्दा माथिका दुई पांग्रे सवारीसाधनलाई लक्जरियस (विलासिताका वस्तुसरह) सेग्मेन्टमा राखिएको छ। यसले करमा पनि वृद्धि भएको छ। जसले गाडी किन्ने क्षमतामा चुनौति थपिएको छ। यी सबै कुराले बजार नबढेको जस्तो देखिन्छ।
नेपालमा एफोर्डेबिलिटीका हिसाबले कस्ता गाडीमा बढी आकर्षण देखिन्छ ?
नेपालको भूगोललाई ख्याल गर्ने हो भने उच्च सीसीका दुई पांग्रे सवारी चाहिन्छन्। बाटो उकालो–ओरालो छन्। आजको दिनमा दुई पांग्रे सवारीसक्षम भइसकेका छन्। मानिस लामो दुरीको यात्रा, जस्तै ः डडेल्धुरादेखि काठमाडौंसम्मका लागि पनि दुई पांग्रे नै प्रयोगमा ल्याउने गरेका छन्। दुई पांग्रे सवारी अहिले विकसित भइसकेका छन्। यसरी हेर्दा पनि नेपालमा प्रिमियम सेग्मेन्टको आवश्यकता बढी देखिन्छ। सानो सीसीका बाइकको बजार बिस्तारै खुम्चिने स्थितिमा छन्। स्कुटरमा पनि १२५ सीसी रेञ्जमा बढी आकर्षण छ।
पावर र प्रिमियम सेग्मेन्टका बाइकको आवश्यकता बढिरहेको छ। अहिले अन्य वस्तु तथा सेवामा हेर्ने हो भने उपभोग अत्याधिक बढेको छ। मानिस विलासितापूर्ण जीवन बिताउन खोज्ने सौखिन प्रवृत्ति बढेको छ।
दुई पांग्रेमा लक्जरियस सेग्मेन्टमा आकर्षण कतिको बढेको छ ?
सबैले यो सेग्मेन्ट अफर गर्न त सक्दैन। निश्चित समूूहका व्यक्तिको आकर्षण देखिएको छ। हामीसँग १ लाख २५ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मका मोटरसाइकल छन्। आठ लाख रुपैयाँको बाइक पनि बिक्री भइरहेको छ। भर्खर पनि ८० लाख रुपैयाँको बाइक नेपालमा बिकेकै हो।
समाज केही त्यस्ता समूहका व्यक्ति छन्, जसले लक्जरियस सेग्मेन्टका बाइक पनि किन्न सक्छन्। हाम्रै कम्पनीको बजार हेर्ने हो भने पनि ७० प्रतिशत त प्रिमियम सेग्मेन्टकै छ।
नेपालमा बाइक किन्नेका लागि फाइनान्सिङको पाटो कत्तिको सहज छ ?
जगदम्बा मोटर्सले फाइनान्सिङमा चाँही सहजीकरण गरिरहेकै छ। नेपालमा कर्जाको आवश्यकता पनि छ। न्यून डाउन पेमेन्ट, न्यून ब्याजदर तथा अन्य स्किमबाट पनि प्रोमोसन भइरहेकै छ। सबैले फाइनान्सिङ सुविधाबाटै बाइक किन्ने भन्ने पनि छैन। फाइनान्सिङ सर्पाेट लिने र क्यास पेमेन्ट गरेर बाइक किन्नेको अनुपात ५०/५० कै हाराहारीमा छ।
अहिले फाइनान्सिङभन्दा बढी एक्सचेञ्जको प्रवृत्ति छ। बढीभन्दा बढी मानिसले पुराना बाइक साटेर नयाँ बाइक किन्ने गरेका छन्। पछिल्लो तीन वर्षको ट्रेन्ड हेर्ने हो भने पनि नेपालीको बानी चाँडो सवारी फेर्ने देखिएको छ। नेपालकै कुरा गर्ने हो भने एउटा सेवाग्राहीले सरदर एक वर्षमा बाइक फेर्ने गरेको पनि देखिएको छ। कुनै पनि नयाँ मोडल आउनेबित्तिकै पुराना बाइक एक्सचेञ्ज गर्नेको लर्काे लाग्ने गरेको छ। आवश्यकता पूर्तिसँगै स्टायलले पनि बजार डोर्याउने गरेको छ।
सवारी बिक्रीमा एक्सचेञ्जको योगदान कति छ ? कुनै तथ्यांक छ ?
कुल बिक्रीलाई आधार मान्दा ३० प्रतिशत एक्सचेञ्जमार्फत बिक्री भइरहेका छन्। बाँकी ४० प्रतिशत नगदमार्फत् कारोबार हुन्छन्। ३० प्रतिशत फाइनान्सिङ सुविधाबाट बिक्री हुने गरेको तथ्यांकले देखाउँछ। कतिपय अवस्थामा एक्सचेञ्ज र फाइनान्सिङ दुवैको माध्यमबाट बिक्री हुने गरेका छन्। यो हिसाबले हेर्ने हो भने ५०/६० प्रतिशत फाइनान्सिङ र एक्सचेञ्जको माध्यमबाट दुई पांग्रे सवारीसाधनको बिक्री हुने गरेको छ।
सरकारले विद्युतीय सवारीको प्रयोगमा जोड दिँदै नीतिहरू धमाधम सार्वजनिक गरिरहेको छ।
भविष्यका लागि विद्युतीय सवारी अवलम्बन गर्न टीभीएस तयार छ त ?
यसमा मेरो विचार फरक छ। विद्युतीय सवारीका विषयमा थुप्रो बहस चलिरहँदा सबैजना लहैलहैमा लागेको हो की भन्ने छ। अध्ययन पुगेको छैन। प्रविधिकै कुरा गर्ने हो भने गाडीमा जुन प्रविधि अपग्रेड भएको छ, त्यो हिसाबले विद्युतीय सवारी तथा त्यसको ब्याट्रीमा खासै अपग्रेड भएको छैन।
विद्युतीय सवारीसाधन चल्ने स्रोत आखिर ब्याट्री नै हो। ब्याट्रीमा लिथियम आयनको प्रयोग हुन्छ। विश्वमै लिथियमको स्रोत सीमित अवस्थामा छ। सबै विद्युतीय माध्यममा रूपान्तरण हुने हो भने लिथियमको आवश्यकता कसरी पूरा हुनसक्छ ? चीनजस्तो ठूलो मुलुकमा समेत जम्मा पाँच प्रतिशतको इलेक्ट्रिफिकेसन सम्भव भएको छ। यूरोपमा पनि यो ८ प्रतिशत छ।
भुटानमा मात्रै शतप्रतिशत छ। त्यहाँ धेरै ठूलो आवश्यकता पनि छैन। भोलि त्यो प्रविधि अपग्रेड हुने वा नहुनेमा अन्योल छ। ब्याट्री डिस्पोजल (नाश गर्ने) का विषय पनि छ। ब्याट्री काम नलाग्ने अवस्थामा त्यसको डिस्पोजल स्वास्थ्यका लागि हानीकारक साबित हुन्छ। त्यसबारे पनि अहिलेसम्म कसैले सोचेको जस्तो मलाई लाग्दैन। हामी इलेक्ट्रिफिकेसनका लागि शतप्रतिशत तयार छैनौं।