'चीन र भारतमा पुगेर ‘कार्ड’ खेल्ने जमाना गयो'

'चीन र भारतमा पुगेर ‘कार्ड’ खेल्ने जमाना गयो'

बुटवल : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले दुई देश(भारत र चीन) बीच समदुरीको सम्बन्ध सुदृढ गर्न सफल भएको बताएका छन्। एकअर्कासँग आश्रित हुने बाध्यतालाई पन्छ्याउदै समदुरीको सम्बन्ध कायम भएको उनले बताए। यसलाई आर्थिक लाभसँग जोड्न सरकारले प्रयास गरिरहेको दाबी गरे। 

शुक्रबार बुटवलमा पत्रकारसँगको भेटमा मन्त्री ज्ञवालीले एउटा छिमेकीसँग भेट हुँदा अर्का रिसाउने प्रवृत्तिको अन्त्य भएको दाबी गरे। ‘पहिला छिमेकमा गएर कार्ड खेल्ने कामसमेत भए, अब त्यो सम्भव छैन', उनले भने,‘नाकाबन्दीजस्ता समस्या दोहोरिने छैनन्।’ 

मन्त्री ज्ञवालीले नेपाल पछिल्लो समय विश्वमै आफ्नो प्रोफाइल चिनाउन सफल भएको जिकिर गरे। लामो समयपछि अमेरिकामा आफूले औपचारिक भ्रमण गरेको भन्दै उनले यसले विश्वलाई नेपालको विषयमा सकारात्मक सन्देश दिएको दाबी गरे।

चिनियाँ विदेशमन्त्रीको भ्रमण र भारतीय प्रधानमन्त्रीको भ्रमण चाहनाले नेपाल प्रतिको विश्व सन्देश छर्लङ हुने बताए। उनले छिट्टै चिनियाँ उच्च पदस्तको भ्रमण नेपालमा हुने समेत दाबी गरे। चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणको विषयमा सकारात्मक सन्देश आएको उनले बताए।

मन्त्री ज्ञवालीले भर्खरै भारतबाट पेट्रोलियम पाइपलाइन जोडिनु दुई दशकयताकै ठूलो उपलब्धि भएको उनले बताए। निर्वाचनपछिको सरकार गठनले परराष्ट्र सम्बन्ध सुधारमा सफल भएको भन्दै भारतसँगको सीमाको विषयमा समेत ठूला महत्वका छलफल भइरहेको बताए। 

सरकारले दुई ठूला अर्थतन्त्र बोकेका मुलुकसँगको सम्बन्धबाट आर्थिक लाभ लिन प्रयासरत रहेको भन्दै उनले तर मिडियाबाट नकारात्मक टिप्पणी बढी भएको बताए। 

सरकारका सकारात्मक कामलाई ओझेलमा राखेर भ्रम छर्ने प्रयास भइरहेको भन्दै उनले यसले सरकारको रफ्तार र संविधान कार्यान्वयनमा कुनै असर नपर्ने बताए। सरकारको यो कार्याकाल सकिदा मुलुक अल्पविकसित राष्ट्रबाट माथि उठ्ने उनको भनाइ छ। उनले विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न विदेशी लगानी ल्याउने तथा नेपालको कृषिलाई आधुनिकीकरण गर्ने सरकार अगाडि बढेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.