योजना फर्छ्यौटको माग गर्दै संसद अवरुद्ध

योजना फर्छ्यौटको माग गर्दै संसद अवरुद्ध

जनकपुरधाम : प्रदेश २ को शुक्रवार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधले स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत गराइएको कामको भुक्तानीको सरकारले जवाफ नदिएको विरोधमा संसद चल्न नदिने भन्दै विरोध गरे । उनको समर्थनमा कांग्रेस र नेकपाका अन्य सांसदले पनि उठेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । 

कांग्रेस सांसद चौधरीले धनुषा र महोत्तरीका सांसदहरुले उपभोक्ता समिति मार्फत गराएका कामको भुक्तानी सम्बन्धमा सभामुख मार्फत भएको रुलिङ्गको जवाफ नआउन्नजेलसम्म संसद चल्न नदिने भनेपछि प्रतिपक्षी सांसदहरु उठेर विरोध जनाएका थिए । सांसद चौधरीले भने, ‘सरकारले सभामुखको रुलिङ्ग अटेर गरी सदनमा जवाफ नदिनु संसदको अवहेलना हो ।’ 

उनले मुख्यमन्त्रीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान मार्फत सम्बन्धित क्षेत्रमा साइकल वितरणको कार्यक्रममा सांसदलाई जानकारी नै नदिने गरेको आरोप लगाए । उनले भने, ‘जुन क्षेत्रमा मुख्यमन्त्री ज्यू गएर साइकल बाड्नु हुन्छ, त्यस क्षेत्रको सांसदलाई समेत जानकारी हुनुपर्छ। गुपचुप बाँड्नु पाइँदैन, यसको चित्त बुझ्दो जवाफ सरकारबाट नआएसम्म संसद चल्दै दिँदैनौं ।’ 

बैठक स्थगित पछि नेकपाका सांसद रामचन्द्र मण्डलले २० प्रतिशतसम्म कमिशन दिएको योजनामा सम्झौता, कार्यादेश दिइ दुई दिनमै भुक्तानी दिने तर, कमिशन नदिने उपभोक्ताको चेक नबनाएको आरोप लगाए । उनले भने, ‘मेरो क्षेत्रमा उपभोक्ता समिति मार्फत जनताले काम गरेको छ, तर अषाढमा भुक्तानी हुने पैसा भदौ बित्न लाग्दासमेत भएन। हामीसँग काम गरेको पैसा जनताले माग्छन्, हामिले कहाँबाट दिने? जबसम्म सरकारले बिकाशे कामको पैसा दिने ग्यारेन्टी गर्दैन, तबसम्म संसद चल्न दिदैनौं ।’

यस अघि गत आइतबारको बैठकमा सभामुख सरोजकुमार यादवले भुक्तानी सम्बन्धमा सरकारलाई जवाफ दिन रुलिङ्ग गरेका थिए । गत आर्थिक वर्षमा सय करोड विकासे योजनाको भुक्तानी बाँकी रहेको छ ।  

गोबिन्द महतो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.