खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा भात खुवाउनै ५ लाख

खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा भात खुवाउनै ५ लाख

वीरगन्ज : पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न शनिवार वीरगन्जमा आयोजित कार्यक्रममा सहभागीलाई भात खुवाउनका लागि मात्रै ५ लाख रुपैयाँ खर्च गरिएको छ। खुल्ला दिसामुक्त घोषणाका लागि जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छ समन्वय समितिले नगर सभागृहमा कार्यक्रमको आयोजना गरेको थियो।

 
 कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै जिल्लाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, १४ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, सुरक्षा निकायका प्रमुख, महानगरपालिकाका कर्मचारी, अभियानमा लागेका गैरसरकारी संघसंस्थाका कर्मचारी लगायत १ जनाको हजारको सहभागिता थियो।
 
'कार्यक्रमम सहभागी १ हजार जनाको लागि खानाको व्यवस्था गर्न भनिएको थियो, त्यहि अनुसार १  हजार जनाकै लागि खना तयार गरिएको थियो', सन्चालनको जिम्मा लिएका नगरसभागृहका सन्चालक भोला साह कलवारले भने,‘प्रति व्याक्ति खानाको दर ५ सय रुपैयाँ हो।' खानाको भुक्तानी , जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले गर्ने कलवारले जानकारी दिए। 

शनिवारको खुल्ला दिसामुक्त घोषणा कार्यक्रमका लागि पर्साका १४ स्थानीय तहले मिलेर १० लाख रुपैयाँ जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिलाई उपलब्ध गराएका हुन्।

वीरगन्ज महानगरपालिकाले दुई लाख, पोखरीया, बहुदरमाई र पर्सागढी नगरपालिकाले १‍-१ लाख तथा बाँकी १० गाँउपालिकाले ५०-५० हजार कार्यक्रमका लागि दिएको जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीले जानकारी दिए। अन्सारीका अनुसार, 'पालिकाहरुबाट उठाइएको कुल १० लाख रुपैयाँ मध्ये  ५ लाख रुपैयाँ खानामा र बाँकी रकम कार्यक्रम आयोजनाका अन्य शीर्षकमा खर्च गरिएको हो।' 

खुल्ला दिसामुक्त घोषणा कार्यक्रम, सामान्य रुपमा नगरी तामझामका साथ गरेर खाना खर्चमा मात्रै ५ लाख रुपैयाँ खर्च गरिएपछि यसको आलोचना पनि भएको छ। 
शनिवारको कार्यक्रममा  सहभागी जनप्रतिनिधीहरुले नै कार्यक्रमको नाममा फजुल खर्च गरिएको गुनासो गरेका छन्।
  

खुल्ला दिसामुक्त घोषणा गर्न नगरसभागृहमा आयोजित कार्यक्रमा सहभागीहरु खाना खाँदै। तस्वीर : क्रान्ति शाह , वीरगन्ज।

कार्यक्रममा यति धेरै तामझाम गर्नु आवश्यक नै थिएन', वीरगन्ज १५ का वडा अध्यक्ष गजेन्द्रप्रसाद कुर्मीले भने,‘जनताले तिरेको करबाट भात खुवाउनमा मात्रै ५ लाख खर्च गरेको ठिक लागेन।' एक हजार जनाका लागि खाना तयार गरिए पनि कार्यक्रममा ४-५ सय भन्दा बढी सहभागी नभएको भन्दै कुर्मीले खाना खर्चमा पनि अनियमितता बताए। 

अभियान थालेको ६ वर्षपछि मात्र पर्सा खुल्ला दिसामुक्त जिल्ला घोषिणा

अभियान थालेको ६ वर्षपछि मात्र पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो। पर्सा जिल्लामा खुल्ला दिसामुक्त घोषणाका लागि सन् २०१४ देखि नै अभियान थालिएकोमा ६ वर्षपछि मात्र उक्त अभियानले पुर्णता पाएको हो। 
 
वीरगन्जको नगरसभागृहमा शनिवार जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले पर्सा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेका हुन्। 

 खुल्ला दिसामुक्त घोषणा गर्न नगरसभागृहमा आयोजित कार्यक्रमा सहभागी मुख्यमन्त्री, सांसदहरु। तस्वीर : क्रान्ति शाह , वीरगन्ज।

योसंगै पर्सा जिल्ला देशको ७० औं खुल्ला दिसामुक्त जिल्ला घोषित भएको हो। पर्सा जिल्लामा रहेका ९७ हजार ९ सय ४८ घरधुरी सबैमा शौचालय निर्माण भइसकेकोले आज जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद अन्सारीले बताए  । 
 
अन्सारीको अध्यक्षतामा आयोजित घोषणासभामा मुख्यमन्त्री राउत, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण रौनीयार, प्रदेशसभा सदस्यहरु करिमा बेगम, जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी , उपप्रमुख शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष्क्ष लगायतको उपस्थिति थियो। 

यसअघि बिहान वीरगन्जको घण्टाघर चोकबाट रयाली पनि निकालिएको थियो। 



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.