टिपर राजमार्गबाट दुई सय मिटर तल खसेपछि..

टिपर राजमार्गबाट दुई सय मिटर तल खसेपछि..

स्याङ्जा : गल्याङ् नगरपालिकामा शनिबार टिपर दुर्घटना हुँदा ४० वर्षीय लक्ष्मण खड्का गम्भीर घाइते भएका छन्। अन्य तीनजना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते तिनाउ गाउँपालिका ३ पाल्पाका खड्काको थप उपचारका लागि पाल्पा रिफर गरिएको छ। टिपरमा चालकसहित चारजना सवार थिए। 

पर्वतबाट बुटवलतर्फ जादैँ गरेको लु २ प ८७५ नम्बरको टिपर गल्याङ् ११ खरिपानीमा दुर्घटना भएको हो। सिद्धार्थ राजमार्गमा गुडिरहेका बेला राजमार्गभन्दा झण्डै २ सय मिटर तल खसेको थियो। टिपर चालक प्रहरी नियन्त्रणमा छन् भने अन्य २ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएका छन्। 

साइड दिने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ। प्रहरी निरीक्षक निरन्जन घिमिरेले टिपर खाली रहेको सामान लिनका लागि बुटवलतर्फ जाँदै गरेको जानकारी दिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.