कास्की २ मा उम्‍मेदवार बन्‍ने निश्चित भएपछि कांग्रेस नेतृ साझा पार्टीमा

कास्की २ मा उम्‍मेदवार बन्‍ने निश्चित भएपछि कांग्रेस नेतृ साझा पार्टीमा

पोखरा : नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने उक्त पार्टी स्रोतले जनाएको छ। 

पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्त पदबाट राजीनामा गरी साझा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामा कात्तिक १ गतेदेखि लागु हुने गरी विश्वविद्यालयले स्वीकृत गरेको छ। 

कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको केसीले बताइन्। तर उनी उम्मेदवार बन्ने पक्कापक्की गरेरै पार्टी प्रवेश गरेको साझा स्रोत बताउँछ। तर शनिबारको कार्यक्रममा साझाले उम्मेदवार घोषणा गरेन। पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीमा स्थानीयलाई नै उम्मेदवार बनाउने भने बताए। 

नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेतृ केसी २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उनले त्यो चुनाव भने जितिनन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्। केसीले साझाको नीति र कार्यक्रमबाट प्रभावित भएरै कांग्रेस छाडेर साझा प्रवेश गरेको उल्लेख गरिन्।  

कास्की क्षेत्र नम्बर २ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त भएको हो। अधिकारीको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यहाँ वामदेव गौतमलाई उम्मेदवार बनाउने प्रयास गरिरहेको स्थानीय नेता कार्यकर्ता बताउँछन्। 

कांग्रेसबाट रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसे, पुराना नेता खेमराज पौडेल, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे, ऋषि काफ्लेसहित दर्जनौंको नाम चर्चामा छ। 
२०७४ को आम निर्वाचनमा रवीन्द्र अधिकारीले चालिेसलाई साढे ८ हजार मतान्तरले पराजित गरेका थिए। 

साझा पार्टीले आइतबार कास्की संयोजक अर्जुन खनाल र महानगर संयोजक मनकाजी गुरुङलाई घोषणा गरेको छ। खनाल व्यवसायी र गुरुङ निजी विद्यालय सञ्चालक हुन्। खनाल नेकपामा सक्रिय थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.