गृहमन्त्रीले जवाफपछि पनि कांग्रेसले संसद् चल्न दिएन
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। कांग्रेसका कार्यकर्तामाथि भएको हातपातकोबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएपछि कांग्रेसका सांसद उठेर संसद अवरुद्ध गरेका थिए।
सभामुख कृष्णबहादुर महरालेले उठेका प्रतिपक्षी सांसदहरूलाई बस्नका लागि पटकपटक आग्रह गरे अवरोध जारी रहेपछि सुरुमा १० मिनेटका लागि बैठक स्थगित भएको थियो। तर, कांग्रेस सांसदहरुले १० मिनेटपछि पनि बैठक चल्न नदिएपछि सोमबार ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो।
सांसदमा गृहमन्त्री थापाले घटनाबारे छानबिन गरी कारबाही गर्ने बताएका थिए। गृहमन्त्रीको जवाफ झारा टार्न खालको रहेको भन्दै कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए।
बिहीबार बाँके खजुरा गाउँपालिका–२ सीतापुरमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए। दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेकपा कार्यकर्ताले अवरोध गर्दा झडप भएको थियो। आक्रमणमा बाँके सभापति किरण कोइरालालगायत घाइते भएका थिए।