राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध

काठमाडौं : बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको छ। आइतबार प्रतिनिधिसभामा अवरोध गरेको कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको हो। 

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ। बिहीबार बाँके खजुरा गाउँपालिका–२ सीतापुरमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए। 

दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेकपा कार्यकर्ताले अवरोध गर्दा झडप भएको थियो। आक्रमणमा बाँके सभापति किरण कोइरालालगायत घाइते भएका थिए। घटनाबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभामा स्पष्टिकरण दिए। 

उनले यो घटना राजनीतिक घटना नभएको बताए। गृहमन्त्री थापाले घटनामा संलग्नलाई पक्राउ गरिएको र कडाभन्दा कडा कारबाही गर्ने बताए। कांग्रेसले आफ्नो जागरण अभियानका बारे प्रशासनलाई पूर्वजानकारी नदिँदा पनि घटना हुन पुगेको दाबी गरे। 

गृहमन्त्रीको जवाफ कांग्रेस सांसदले चित्त नबुझाएपछि उनीहरुले उठेर अवरोध गरेका थिए। त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.