अनन्ते मेलामा प्रहरीमाथि हातपात गर्ने ५ जनाविरुद्ध मुद्दा

अनन्ते मेलामा प्रहरीमाथि हातपात गर्ने ५ जनाविरुद्ध मुद्दा

बाजुरा : डिउटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पाँचजनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ। अनुसन्धानका लागि १० दिनको म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक जनक ढुंगानाले जानकारी दिए।

बडिमालिका नगरपालिका-८ मा लागेको अनन्ते मेलाको सुरक्षाका लागि खटिएका प्रहरीमाथि मादक पदार्थ सेवन गरेर मेला बिथाल्दै होहल्ला गर्ने पाँचजनालाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि हातपात गरेको जिल्ला प्रमुख ढुंगानाले जानकारी दिए।

राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत अमृत्त बोहरा, केशव गिरी सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिका ८ का गोरख थापा र सोही वडाकी धनी थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रक्सीले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरीमाथि जाई लागेर टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दको अनुहार र शरीरमा चोट लागेको छ। अन्य प्रहरी जवान सामान्य घाइते छन्।

घाइते प्रहरी सहायक निरीक्षक चन्दको अनुहारको हड्डी चर्केकाले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ ।  

अनन्ते मेलालाई सौभार्द र शान्त बनाउन बडिमालिका नगरपालिका र  जिल्लाका सरोकारवालाको बैठक बसी मेला अवधिभर भदौ २७ गते देखि रक्सी बेच्न र सेवनमा प्रतिबन्द गर्ने निर्णय गरेको छ । मेला अवधिभर बेच्नेलाई ५ हजार र खाएको भेटाएमा २५ सय जरिवान तोकेको छ।    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.