फेमिली गायमा कमेडी

फेमिली गायमा कमेडी

फेमिली गाय अमेरिकी कमेडी कार्टुन हो। यो सेठ म्याकफर्लेनले फक्स ब्रोडकास्टिङ कम्पनीका लागि बनाएका हुन्। यो कार्टुन ग्रिफिन परिवारमा केन्द्रित छ।

परिवारमा आमाबुवा पिटर र लुइस छन्। उनीहरूका छोराछोरी मेग, क्रिस, स्टेवी छन्। उनीहरूसँग घरपालुवा कुकुर ब्रायन पनि छ। यो कार्टुन आइसल्यान्डको काल्पनिक सहरमा तयार पारिएको हो। कार्टुनमा अमेरिकी संस्कृतिलाई कमेडीको रूपमा कटाक्ष गरिएको छ।

म्याक फार्लेनले दुई एनिमेटेड फिल्महरू ‘द लाइफ अफ ल्यारी’ र ‘ल्यारी एन्ड स्टिभ’ पछि यो कार्टुन बनाएका हुन्। यो कार्टुन १२ पटक प्राइम टाइम एम्मी अवार्ड र ११ पटक एन्नी अवार्डको लागि छानिएको थियो। यसले तीन पटकसम्म अवार्ड पनि जितेको थियो। यो कार्टुनका १७ सिजन र तीन सय २९ एपिसोड छन्।

भाइबहिनीहरू यो कार्टुनका पात्रहरूको बारेमा जानौं है।

जस्टिन पिटर ग्रिफिन : उनी कार्टुनका मुख्य पात्र हुन्। उनी परिवारका मुख्य व्यक्ति पनि हुन्। उनी ४५ वर्षका भए। कार्टुनका सबै एपिसोडमा पिटरलाई अल्छी, मोटो, बुद्धि नभएको, अपरिपक्व मानिसको रूपमा देखाइएको छ।

लुइस ग्रिफिन : उनी पिटरकी पत्नी हुन्। मेग, क्रिस र स्टेवीकी आमा पनि हुन्। उनी ४३ वर्षकी भइन्। उनी एक गृहिणी हुन्। त्यसैले आफ्ना छोराछोरी र पत्नीको धेरै ख्याल राख्छिन्। उनी पनि यो कार्टुनकी प्रमुख पात्रमध्येकै हुन्।

मेग ग्रिफिन : गिफ्रिन परिवारकी जेठी छोरी हुन्। उनी १६ वर्षकी भइन्। गिफ्रिन सचेत र संवेदनशील किशोरी पनि हुन्। उनी पनि यो कार्टुनकी प्रमुख पात्र हुन्।

क्रिस ग्रिफिन : उनी ग्रिफिन परिवारको माहिला छोरा हुन्। १४ वर्षीय क्रिस मिलनसार, उत्साही र रमाइला प्रवृत्तिका छन्। उनलाई क्षमतावान् मानिसका रूपमा कार्टुनमा देखाइएको छ। उनी पनि कार्टुनका प्रमुख पात्रमध्येमै पर्छन्।

स्टेवी ग्रिफिन : उनी एक वर्षकी बच्चा हुन्। तर उनी सधैं ठूलो मानिसको जस्तै व्यवहार गर्छिन्। उनी प्रतिभाशाली छिन्। उनी आफ्नी आमाको हत्या गर्न र संसारलाई कब्जा गर्न चाहन्छिन्।

ब्रायन : ऊ ग्रिफिन परिवारको कुकुर हो। स्टेवी र पिटरको मिल्ने साथी पनि हो। ऊ आठ वर्षको भयो र सेतो रङको छ।

माथिका पात्रबाहेक यो कार्टुनमा क्युगमाइर फेमिली, ब्राउन फेमिली, स्वानसन फेमिली, गोल्डम्यान फेमिलीलाई छिमेकमा रहेका चार वटा परिवारका रूपमा देखाइएको छ। ती सबै यस कार्टुनका सहायक पात्रहरू हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.