संसदीय समितिलाई सभामुखको निर्देशन : 'सरकारलाई नियन्त्रण गर्न नखोज'
काठमाडौ : सभामुख कृष्णबहादुर महराले संसदीय समितिलाई सरकारलाई नियन्त्रण गर्ने प्रयास नगर्न निर्देशन दिएका छन् । संसदीय समितिले सरकारलाई नियन्त्रण गर्ने नभई सरकारको निगरानी मात्रै गर्न सक्ने बताए।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार भएको संवाद कार्यक्रममा महराले यस्तो निर्देशन दिएका हुन् । ‘संसदीय समितिले सरकारले ट्रयाक छाड्छ कि भन्ने निगरानी मात्रै गर्ने हो’, उनले भने, ‘नियन्त्रण गर्न सक्दैन।’
सभामुख महराले समितिका निर्णयप्रति सरकार जवाफदेही भए काम कारबाही प्रभावकारी हुने बताए ।संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको अपेक्षा राखे।