११ वर्षीया बालिका बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

११ वर्षीया बालिका बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं : राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। मनमैजुमा चल्ने बसभित्र ती बालिकालाई सहचालकले बलात्कार गरेको बुझिएको छ ।

टोखा नगरपालिका ग्रिनल्याण्ड चोक बस्ने ११ वर्षीया बालिका अर्की १० वर्षीया साथीसँगै डेरा बिर्सिएर मनमैजु पुगेकी थिइन् । बसका चालक र सहचालकलाई ‘अंकल हामीलाई घर पुर्‍याइदिनु न’भनेर आग्रह गरे  पनि सहचालक र चालकले आफ्नै घरमा लगेका थिए। साथमा कुकुर समेत बोकेका ती बालिकाहरुलाई चालक र सहचालक दाजुभाईले खाना खान दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नीरिक्षक समिरजंग राणाका अनुसार राति साढे १० बजे सहचालक बसमा सुत्न पुगे। बालिकाहरु पनि ‘हामी पनि बसमै सुत्छौं’भनेर बसभित्रै छिरेका थिए ।

‘बसभित्र खेल्दै गर्दा दुवै बालिका निदाए। प्रारम्भीक अनुसन्धानमा राति साढे एक बजे ११ वर्षीया बालिकालाई सहचालकले बलात्कार गरेको स्वीकारेका छन् । १० वर्षीयालाई बालिकालाई भने बलात्कारको प्रयास गरेको पाइयो,’प्रहरी नीरिक्षक थापाले भने ।

सोमबार बिहान बालिकाहरु रुँदै चिच्याएपछि स्थानीय र प्रहरीले सोधपुछ गरेका थिए। बालिकाले आफूहरुमाथि भएको दुर्व्यवहार विस्तार गरेपछि प्रहरीले बसका सहचालकलाई  पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.