मापसे कारबाहीले घटेन दुर्घटना
घटना १
घटना २
भदौ २२ गते राति सवा आठ बजे बाँसबारीस्थित गंगालाल अस्पतालअगाडि बूढानीलकण्ठतर्फ जाँदै गरेको बा.९० प ७९१९ नम्बरको मोटरसाइकलले पैदलयात्री मोहन नेपाललाई ठक्कर दियो। उनको बाँया खुट्टामा चोट लाग्यो। चालकले मापसे गरेका थिए। ती चालकको साथमा सवारी अनुमति पत्र (लाइसेन्स) समेत थिएन। ट्राफिकले उनीहरूलाई जरिवाना तिराएर छाड्यो।
घटना ३
भदौ २० गते राति साढे आठ बजे बौद्ध माकलबारी सडकखण्डमा बा.३९ प ८०३३ ननम्बरको मोटरसाइकललाई बा.३३ प ६९९९ नम्बरको मोटरसाइकलले ठक्कर दियो। दुवै मोटरसाइकलका चालक घाइते भएपछि उनीहरूलाई अत्तरखेलस्थित मेडिकल कलेजमा पुर्याइयो। ८०३३ का चालकसँग लाइसेन्स थिएन भने ६९९९ का चालकले मापसे गरेका थिए।
उपत्यकाका तीन भिन्न स्थानमा भएका यी तीनवटा दुर्घटना मापसेबाट सिर्जित देखिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अघिल्लो वर्षको साउनदेखि असारसम्म मापसेले सिर्जित सवारी दुर्घटना संख्या दुई सय ८३ वटा छन्। दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन् भने २४ जना गम्भीर घाइते र दुई सय ५५ जना साधारण घाइते भएका थिए।
गत आर्थिक वर्षमा आठ हजार पाँच सय ११ वटा दुर्घटना भएका थिए। कुल दुर्घटनाको झन्डै ४ प्रतिशत (३.३३) मापसेबाटै सिर्जित देखिन्छ।
गत आर्थिक वर्ष र यो आवको साउनसम्मको अभिलेख हेर्दा दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल र स्कुटी संलग्न छन्। गत आवमा १५ हजार एक सय ९० वटा विभिन्न सवारीसाधन दुर्घटनामा परे। तीमध्ये पाँच हजार एक सय ११ वटा दुर्घटना मोटरसाइकल र स्कुटर छन। मोटरसाइकल पछि कार, जीप र भ्यान, बस र ट्रक/टिपर छन्।
दुर्घटनामा मोटरसाइकल र स्कुटीमै सवारको मृत्यु भएको छ। गत आवमा दुई सय ५४ जना सवारी दुर्घटनामा मृत्यु भएका थिए। कुल दुर्घटनामध्ये एक सय १५ जना स्कुटी र मोटरसाइकलमा सवारको मृत्यु भएको छ।
यो आवमा मात्रै मोटरसाइकल/स्कुटरका कारण आठ जनाको मृत्यु भएको छ। पैदलयात्री पनि दुर्घटनाको सिकार बनेका छन्। गत आवमा मात्रै ९३ जना पैदलयात्री, १६ जना कारमा सवार, १२ जना ट्रकमा सवार, १२ जना बसमा सवार, पाँच जना साईकलमा सवार र १ जना माईक्रोमा सवार व्यक्तिको मृत्यु भएको छ। यो अर्थिक वर्षको साउनसम्ममा पैदलयात्री सात जना र कारमा सवार १ जनाको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनाको दर बढ्दो छ। गत आवमा दुई सय ५४ जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गयो। यस्तै बसले ३३, टिपरले २१, ट्रकले २०, पिकअपले १६, ट्यांकरले ११, माइक्रोले आठ, कन्टेनरले तीन, ट्याक्टरले दुई र साइकलले दुर्घटना गराउँदा एक जनाको मृत्यु भएको छ। नम्बर नखुलेका सवारी साधनको ठक्करबाट ६ जनाको ज्यान गएको छ। यो आवको साउनमा मात्रै मोटरसाइकल दुर्घटनामा ११ जना, पिकअपबाट दुई जना, जिपबाट एक जना, बसका कारण एक जना र टिपरले एक जनाको ज्यान लिएको छ।
मापसे गरी सवारी हाँक्ने र दुर्घटना गराउनेलाई कारबाही घटेको छैन। तैपनि, दुर्घटना घटेको छैन। गत आवमा ट्राफिक प्रहरीले ३२ हजार दुई सय ५७ जना चालकलाई मापसे गरी सवारी हाँकेको भन्दै कारबाही गरेको थियो। ६० जनालाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा पनि चलाइयो। ०६९ असोज १५ देखि मापसे गर्ने चालकलाई कारबाही थालेको ट्राफिक प्रहरीले यो साउनसम्म ३ लाख आठ हजार ६ सय ३३ जनालाई कारबाही गरिसकेको छ।
मापसे गर्ने चालकमाथि कारबाही गर्दा पनि किन दुर्घटनाको दर घटेन भन्ने प्रश्नमा महाशाखा प्रमुख एसएसपी भीम ढकाल भन्छन्, ‘हामीले दुर्घटनालाई निरुत्साहित गर्न मापसे कारबाहीलाई बढावा दिएका छौं। दुर्घटनामा चालकको लापरबाही बढी देखिन्छ।’
‘कक्षा लिँदा पनि दुर्घटना घटेको छैन’ ‘ढकाले भने, ‘पहिला त चालक आफैं सचेत हुनु जरुरी छ। ट्राफिकले मापसे गरेर सवारी नहाँक्नु भनेकै छ। चालक आफैंमा चेतना नभएसम्म यो क्रम रोकिँदैन। तर, नियन्त्रण गर्न हामी प्रयासरत छौं।’