उपचार गराइदिने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु

उपचार गराइदिने बहानामा झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु

धादिङ : झाँक्रीको विश्वासमा जण्डिसको उपचार गर्दा पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई नीलकण्ठ नगरपालिका-३ धादिङबेसीका लामाझाँक्री गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका थिए । 

२ महिना अघिदेखि जण्डिसले ग्रसित भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । पेट काटिएपछि झनै गम्भीर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौं लगेपनि जन्डिस अन्तिम चरणमा रहेको र उपचार गर्न नसकिने भन्दै काठमाडौं नयाँ बजारको पिपुल अस्पतालले फिर्ता पठाइदिएको थियो ।

घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको पहलमा फेरी उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। जण्डिस पनि बिग्रिएको र त्यही बेलामा झाँक्रीले थप समस्या उत्पन्न गराइदिएपछि उनको मृत्यु भएको परिवारको भनाइ छ।

जण्डिसको उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटेर प्वाल पारिदिने लामा झाँक्री विरुद्ध पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। तर झाँक्री पक्राउ परेका छैनन् । पीडितका भाइ र श्रीमती विमला मगरले लामाविरुद्ध कारवाहीको माग गर्दै प्रहरी कार्यलयमा उजुरी दिएका हुन्। झाँक्रीको खोजी भइरहेको धादिङ प्रहरीले बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.