यो वर्षभित्रै प्रदेश पाँचको नाम र केन्द्रको टुंगो लाग्छ : मुख्यमन्त्री पोख्रेल

यो वर्षभित्रै प्रदेश पाँचको नाम र केन्द्रको टुंगो लाग्छ : मुख्यमन्त्री पोख्रेल

सन्धिखर्क  :  प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताए छन्। निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् ।

सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै गर्‍यो राम्रै गर्‍यो भन्ने बनाउन आफूहरु लागिपरेको बताए । प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री पोख्रेलले भने, 'स्वभाविक रुपमा यो वर्ष टुग्याउँछौं भनेका छौं । किनकी हामी एउटा विधि प्रक्रियाबाट अगाडी बढ्ने प्रयास गरेका छौं । हामीले प्रदेश सभामा एउटा समिति बनाएका छौ समितिले चाहि जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने तयस्को रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ । त्यसपछि विज्ञको टिमले काम गर्दैछ । विज्ञको रिर्पोट आइसकेपछि दुबै रिपोर्टलाइ एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं । प्रदेश सभामा प्रस्तुत गरेर त्यसबाट टुंगाउन्छौं।'

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताए । संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको छ । उनले भने,' संघीयता जनताको लागि ल्याएको हो । विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मुल मर्म हो।'

प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए । उनले विकास निर्माण र समृद्धिको दिसामा सरकार अगाडी बढेको बताए । दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाडने दाबी गरे । राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने बताए । 

अर्घाखाँची सँगसँगै प्रदेश पाँच सरकारकै गौरवको आयोजना हुनेगरी नौ मुरे जल विद्युत आयोजनाको काम अगाडी बढाउन आफूहरुले पहल थालेको बताए । केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्नु बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.