मैलुङ राजमार्ग सञ्चालनको तयारीमा

मैलुङ राजमार्ग सञ्चालनको तयारीमा

काठमाडौं : वर्षाका कारण अवरुद्ध मैलुङ–स्याफ्रुबेसीखण्डको राजमार्ग सुचारु गराउने प्रयास द्रुत गतिमा अघि बढेको बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङ तर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।

हाल राजमार्गमा रहेका बाँकी अवरोध हटाउने काम भइरहेको छ । अब पाँच किमी दूरी सफा गरेपछि यातायात सञ्चालनमा आउने सासंद मोहन आचार्यले दिए ।

राम्चे ग्राङबीचको पासाङल्हामु मार्गमा पहिरो गइ मर्मत सम्पन्न गराउन निकै समय लाग्ने देखिएको थियो । सांसद मोहन आचार्य प्रदेशसभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ लगायतको समन्वय र सहकार्यमा सहभागिता जुटाइ असारदेखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको प्रमुख भट्टले बताए।

राजमार्गको अवरोध हटाउन ७ वटा स्काभेटर तथा लोडर प्रयोग भइरहेको गल्छी स्याफ्रुबेसी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए। मैलुङ-स्याफ्रु नदी किनारको १७ किमि राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हमु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका सात सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिएका छन् ।

व्यापारीले दसैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालय टिमुरेका प्रमुख अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.