खराब मौसमले उडान तालिका अस्तव्यस्त : आकस्मिक होइन, सुरक्षित अवतरण

खराब मौसमले उडान तालिका अस्तव्यस्त : आकस्मिक होइन, सुरक्षित अवतरण

काठमाडौं : मंगलबार बिहानैदेखि मौसम प्रतिकुल भएका कारण दिनभरको उडान तथा अवतरणको तालिका अस्तव्यस्त भएको छ। मौसम खराब हुँदा आन्तरिक उडान तथा अन्तर्राष्ट्रिय उडान बेलुकासम्म नै प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। 

उनका अनुसार मौसम प्रतिकुल भएको कारण केही अन्तर्राष्ट्रिय तथा केही आन्तरिक उडान अनुकुलता अनुसारको विमानस्थमा डाइभर्ट भएका छन्। डाइभर्ट भएका जहाज साँझ पाँच बजेपछि मौसम अनुकुल भएपछि काठमाडौं भित्रिएको पनि उनले जानकारी दिए। 

अन्तर्राष्ट्रिय उडानमा भारतबाट आएको इन्डियो एयर लखनउ, चीनको एयर चाइना ल्हासा र थाइल्याण्डको थाइलाइन ढाका डाइभर्ट भएको थियो। ती सबै जहाज बेलुकासम्म सबै काठमाडौं आइपुेको क्षेत्रीले बताए। उनका अनुसार बुद्ध, यति, श्रीसहितका आन्तरिक विमानका केही उडान पनि डाइभर्ट भएकामा बेलुका मौसम खुलेपछि सबै आइपुगेका छन्। 

मौसमको प्रतिकुलतका कारण मंगलबारको माउन्टेन फ्लाइट सबै रद्द भएको छ।  आन्तरिक उडानका बुद्ध, यति, सिम्रिक, श्रीसहितका वायुसेवाको १० वटा माउन्टेन फ्लाइट मंगलबारका लागि तय भएपनि सबै रद्द भएका छन्। 

बुद्धको तीनवटा माउन्टेन, पाँच वटा भरतपुर र दुई पोखरा उडान रद्द भएको छ। यो वायुसेवाको मंगलबारका लागि तय भएको ४४ उडानमध्ये अरु सबै उडान बेलुकासम्म उडान भएको बुद्ध एयरले जानकारी दिएको छ। 

सिम्रिक एयरको पोखरा दुईवटा र माउन्टेन उडान रद्द भएको छ। श्री एयरको पनि माउन्टेन उडान हुन सकेन्। मौसम अनुकुल नभएका कारण सबै आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

आकस्मिक होइन, सुरक्षित अवतरण
मंगलबार लुक्लाबाट उडेका विभिन्न कम्पनीका हेलिकप्टर काठमाडौंमा आउन नसकेपछि गरिएको अवतरण आकस्मिक नभएर सुरक्षित भएको वायुसेवा सञ्चालक संघले बताएको छ। 

संघले विज्ञप्ति नै जारी गरेरै कुनै पनि हेलिकप्टर आकस्मिक नभइ सुरक्षित अवतरण गरेको बताएको छ। यस्तो अवतरण हेलिकप्टर उडानकै प्रक्रिया अनुसार भएको पनि संघका प्रवक्ता योगराज शर्माले जारी विज्ञप्तिमा उल्लेख छ। 

लुक्लाबाट उडिसकेका हेलिकप्टर काठमाडौं आउने क्रममा मौसम प्रतिकुल भएर विभिन्न स्थानमा सुरक्षित अवतरण गराएका थिए। तिमध्ये अधिकांश काठमाडौं आएको संघले बताएको छ। शर्माका अनुसार लुक्लाबाट उडेका र विभिन्न स्थानमा अवतरण गरेको अल्टिच्यूड एक, सिम्रिक दुई, कैलाश, मनाङका एकएक हेलिकोप्टर साँझसम्म काठमाडौं आइसकेका छन्। 

मौसमका कारण रामेछाप पुगेका सिम्रिक, श्री, समिट एयरका एकएक हेलिकोप्टर रामेछापमै र एयर डाइनेष्ट्रिको लुक्ला पुगेको हेलिकप्टर नजिकैको सुर्केमै रात बस्ने निर्णय गरेको जानकारी वायुसेवा संञ्चालक संघले दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.