संसदका दुबै सदनको बैठक बस्दै : यस्ता छन् कार्यसूची

संसदका दुबै सदनको बैठक बस्दै : यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसदका दुबै सदनको बैठक बुधबार दिउँसो बस्न लागेको छ। दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।

उनले वातावरण संरक्षण विधेयक २०७५, वन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, भूमिसम्बन्धी (आठौं संशोधन)विधेयक २०७५ र राहदानी विधेयक २०७५ का सम्बन्धमा टेबुल गर्नेछन्।

यस्तै, उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको वार्षिक प्रतिवेदन २०७६ पेश गर्ने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै गृहमन्त्री रामबहादुर थापाले २ वटा विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विभिन्न विधेयकमाथि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै राष्ट्रिय सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सेफगार्डस एन्टी डप्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७५ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री युवाराज खतिवडाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

दुवै बैठकको कार्यसूचि


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.