नेपाल इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाइटीबीच सहमति पत्रमा हस्ताक्षर

नेपाल इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाइटीबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटी बीच बैंकको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवर्द्धनका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ।

कार्यक्रममा बैंकका प्रतिनिधिले नेपाल रेडक्रस व्यवस्थापनलाई ५ लाखको चेक हस्तान्तरण गरेको छ।रक्तदान÷संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रसलाई आर्थिक सहयोग गरिएको हो।

एनआईबीएलले विगतदेखि विभिन्न स्वास्थ्य हेरचाहाका कार्यकम्र गर्दै आएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत  सेवा दिँदै आएको छ। 

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक 'बैंक अफ द इयर' अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीद्वारा 'युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८' अवार्डबाट समेत सम्मानित भइसकेको छ । 

यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी-नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.