संयुक्त राष्ट्रसंघको ७४ औं महासभा : यस्ता छन् मुख्य एजेन्डा
अमेरिका : संयुक्त राष्ट्रसंघको महासभा बैठकमा विश्व शान्ति, विकासमा लगानी र जलवायु परिर्वतन मुख्य एजेन्डा छन्। मंगलबारदेखि सुरु भएको महासभाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा युवा, स्वास्थ्य र बालबालिकाका विषयमा समेत छलफल हुने जनाइएको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघ उपमहासचिव अमिना जे मोहमिद र संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रमुख लुइस अल्फानसोले महासभा बदलिँदो विश्व परिवेश र समसामयिक विषयमा केन्द्रित हुने जानकारी दिए।
रिपोर्टिङका क्रममा पत्रकार। फोटोः अन्नपूर्ण
संयुक्त राष्ट्रसंघका उपमहासचिव मोहमदले बैठकको तयारी र उठान हुने विषयका बारेमा जानकारी गराएकी थिइन्। कुम्भ मेलाको पूर्व तयारीका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अमेरिकाबाट प्रकाशित, प्रशारित राष्ट्रिय मिडियाका साथै सम्मेलनमा सहभागी हुन विश्वभरबाट अमेरिका आईपुगेका अन्तर्राष्ट्रिय मिडियाका पत्रकारको बाक्लो उपस्थिति थियो।
संयुक्त राष्ट्रसंघको छाताभित्र रहेका मुलुकका राष्ट्रप्रमुख सहभागी हुने महासभा बैठकलाई विश्वभर चासोपूर्वक हेरिन्छ। न्यूयोर्कमा हरेक वर्ष हुने छलफल र राष्ट्रप्रमुख सहभागी बैठकका निणर्यलाई महत्वपूर्ण मानिन्छ।
कार्यतालिका अनुसार २४ र २५ तारिखका दिन हुने दिगो विकासका लागि लगानी विषयक उच्चस्तरीय राजनीतिक बैठकमा नेपालबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन्।