पहिरोमा चार वर्षीय बालकको मृत्यु, २५ घर जोखिममा

पहिरोमा चार वर्षीय बालकको मृत्यु, २५ घर जोखिममा

काभ्रे : जिल्लाको फेदीमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ। अविरल वर्षासँगै बुधबार बिहान करिब ६/ ७ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका ४ फेदीमा टेकबहादुर लामाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दीपक गिरीले जानकारी दिए।

घटनामा लामाका चार वर्षीय छोरा सजन लामाको मृत्यु भएको छ। पहिरोको आएको बेलामा परिवारका अन्य सदस्य घर बाहिर थिए।

२५ घर जोखिममा

अविरल वर्षासँगै आएको पहिरोले काभ्रेको भुम्लु गाउापालिका ६ कोलातीका २५ घर उच्च जोखिममा परेका छन्। मध्यपहाडी लोकमार्गको मुनितिरको बस्ती उच्च जोखिममा परेको हो।

मध्यपहाडी लोकमार्गमा खसेको पहिरो मुनि जोखिममा रहेको बस्ती। फोटो सौजन्य क्रान्ति लामा

भुम्लु गाउँपालिका ६ कोलातीका २५ घरका बासिन्दालाई राति र बिहान गरी सुरक्षित स्थान सारिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुवँरले जानकारी दिए।

मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्रयाक माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेका कारण २५ घरपरिवार नै जोखिममा रहेको गाउँपालिका अध्यक्ष कुवँरले बताए।

जोखिममा रहेको बस्तीका लागि जिल्ला रेडक्रसबाट प्रारम्भिक राहत पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.