काठमाडौं ओर्लिन लागेका जहाज किन भए ‍‌‍‍आकाशमै दुई घन्टा 'होल्ड'?

काठमाडौं ओर्लिन लागेका जहाज किन भए ‍‌‍‍आकाशमै दुई घन्टा 'होल्ड'?

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज (भीओआर) मा समस्या देखिएपछि करिब डेढ घन्टा ठूला जहाजको अवतरण अवरुद्ध भएको छ। 

साढे १० बजेदेखि डीएमई र भीओआरमा समस्या देखिएपछि अवतरणको तयारीमा रहेका ठूला जहाजलाई आकाशमै होल्ड गर्न भनिएको थियो। कतार एयरलाइन्सलगायतका ठूला जहाजहरु करिब दुई घन्टा आकाशमै होल्ड गरिएको र मर्मतपछि अवतरण सुचारु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले अन्‍नपूर्ण अनलाइनसँग बताए ।  तिवारीका अनुसार १२ : २० देखि अवतरण नियमित भएको छ।

एयर चाइनको काठमाडौं उडान रद्द भयो भने मालिन्दो एयरको जहाजलाई आकाशबाटै डाइभर्ट गराइएको थियो। कतार एयरलाइन्सको जहाज आकाशमै दुई घन्टा घुम्‍नुपरेको थियो। 

अवतरणको समय गडबढ भएपछि अन्य जहाजको नियमित तालिका परिवर्तन भएको छ। वाइडबडीका लागि तीनवटा पार्किङ बे रहेका छन्। एउटामा ड्रगान एयरको विमान बिग्रेर ग्राउन्डेड छ, अर्को बे मा मर्मत संभारको काम भइरहेको छ। चालु अवस्थामा एउटा पार्किङ बे रहेकोले पनि ठूला जहाजको अवतरणमा समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.