थलीका प्रहरी अधिकृत घुससहित पक्राउ
काठमाडौं : अख्तिायरले महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका प्रहरी नायब निरीक्षक बिपिनचन्द्र पन्त घुससहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटना केसको सहमतिमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस लिदै गरेका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
कागेश्वरी नगरपालिका ५ थलीस्थित साथीभाइ खाना एण्ड खाजा घरबाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।