राप्रपामा राजादेखि विप्लव माओवादी अटाउने 'मौलिक प्रजातन्त्र'को बहस

राप्रपामा राजादेखि विप्लव माओवादी अटाउने 'मौलिक प्रजातन्त्र'को बहस

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजासहितको मौलिक प्राजातन्त्रको स्थापना गर्नुपर्ने बताएको छ । जहाँ राजादेखि विप्लव समूहको माओवादीसम्म अटाउनसक्ने उसको धारणा छ । कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट यस्तो निर्णय गरेको हो ।

बैठकमा विगत १३ वर्षको परिस्थिति र संविधान जारी भएपछिको ४ वर्षको अवस्थाबारे बहस र समिक्षा भएको थियो । राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्नेतर्फ बहस प्रारम्भका लागि राप्रपाले सम्पूर्ण राजनीतिक शक्तिलाई आह्वान गरेको छ ।

यसबाहेक राप्रपाले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा सहभागी हुने जनाएको छ । बैठकले संघीय, प्रादेशिक र स्थानीय तहमा हुने उपनिर्वाचनका उम्मेदवार छनोट गरी सिफारिस गर्न असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरेको छ ।

यस्तै पार्टीको मौजुदा विभागहरुमा केही जिम्मेवारी हेरफेर र थप गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्रा डा गीताभक्त जोशी, प्रदेश समन्वय समितिको प्रमुखमा बरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी, प्रदेश ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, मानव अधिकार तथा कानुन विभागको प्रमुखमा उपाध्यक्ष टंक ढकाल, सदस्य सचिवमा सहायक महामन्त्री रेणुदेवी साह, सामाजिक बिभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की, सदस्य सचिवमा केन्द्रीय सदस्य आशा लामा, सुदुर पश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्द लगायतलाई नयाँ जिम्मेवारी तोकिएको छ । निर्वाचन समितिको प्रमुखमा उपाध्यक्ष तोरण बहादुर गुरुङ साथै विभिन्न प्रदेश तथा सबै विभागमा नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.