संविधान दिवसको र्याली विथोल्न राखिएको नक्कली बम डिस्पोज
हेटौंडा : संंविधान दिवसको र्याली प्रभावित गर्न शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । संविधान दिवसको ¥याली निस्कने भनी तय गरिएको स्थान बुद्ध चोकमा शुक्रबार बिहान ५ बजे प्रेसरकुकर भित्र शंकास्पद बस्तु भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराइले बताए । ‘प्रेसरकुकर भित्र ढुङ्गा राखिएर तर्सान खोजिएको रहेछ, नेपाली सेनाको टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ’, उनले भने ।
सेनाले शंकास्पद वस्तु डिस्पोज गरेपछि र्याली बुद्ध चोक भएर सभास्थल मकवानपुर बहुमुखी क्याम्पसमा पुगेको थियो । शंकास्पद वस्तु विप्लव नेतृत्वको नेकपाले राखेको प्रहरीको अनुमान छ ।शंकास्पद वस्तुका कारण बिहान ७ बजे निस्कने भनिएको ¥याली आधा घण्टा ढिला भएको थियो ।