संविधान दिवसमा जे देखियो (फोटो फिचर)

संविधान दिवसमा जे देखियो (फोटो फिचर)

काठमाडौं : शुक्रबार धुमधामका साथ चौथो संविधान दिवस मनाइएको छ । राष्ट्रपति विद्यादेवी  भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा दिवस मनाइएको हो ।

दिवसको अवसरमा नेपाली सेनाले विभिन्न सैन्य कौशल प्रदर्शन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संविधानको सफल कार्यान्वयन भइरहेको बताइन् । उनले संविधान निर्माणमा एक भएका दल अब पनि मिलेर अघि बढ्ने विश्वास व्यक्त गरिन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले काँचुली फेर्ने र नेपालीका सपना पुरा हुने विश्वास दिलाए । ‘राष्ट्रिय दिवसको यस अवसरमा म फेरि प्रतिवद्धता जाहेर गर्छु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्– हुन्छन् । यस अभियानको नेतृत्वमा अहिले म छु’, उनले भने, ‘धैर्य गरौं– अढाई शताब्दीदेखि खजमजिएको थिति, अढाई वर्ष नपुग्दै दुरुस्त किन भएन भन्ने जस्ता प्रश्नहरुमाथि एकचोटी पुनर्विचार गरौं ।’ 

ओलीले आजको दिनलाई स्वतन्त्रता दिवश र प्राप्त  उपलब्धिको गर्व गर्ने उत्सवसमेत भएको बताए ।  ‘दशकौंसम्म संघर्षमा हेलिएका जसले पीडा झेलेका छन्÷बुझेका छन्, तिनका लागि आजको दिन गौर गाथाले भरिएको दिवस हो’, प्रधानमन्त्री ओलीले भने, ‘पारिवारिक विछोड, उत्पीडन र छटपटीबाट उन्मुक्ति पाएका सबै नेपालीका लागि आजको दिन, स्वतन्त्रता दिवस पनि हो । प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव हो ।’ 

प्रधानमन्त्री ओलीले संविधान दिवसलाई नेपालीको सबैभन्दा ठूलो चाड र र राष्ट्रिय एकता दिवसको रुपमा सम्झनुपर्ने बताए । ‘असोज ३ गते आज, हाम्रो संविधान दिवस हो, हामी नेपालीको राष्ट्रिय दिवस हो’, प्रधानमन्त्री ओलीले भने, ‘चाडवाडको रुपमा सबैभन्दा ठूलो चाड हो । तीनवटै तहमा क्रियाशील हाम्रा ७ सय ६१ सरकारको सक्रियतामा सिङ्गो मुलुकभरी नै मनाईंदै गरेको एकता दिवस हो ।’

संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबैको योगदान रहेको सम्झना गरे । उनले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि जानुपर्ने बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.