बगरमा धान फलाउँदै बाढीपीडित

बगरमा धान फलाउँदै बाढीपीडित

धनबहादुर भण्डारी

डडेल्धुरा : पर्शुराम नगरपालिका-६ सिमल खेतका बाढीपीडितले बगरमा धान फलाएका छन्। ०६४ मा रंगुन नदीमा आएको बाढीले सिमल खेतको धान फल्ने खेत बगरमा परिणत भएको थियो। यो वर्ष बाढीपीडितहरू थातथलोमा फर्किका हुन्। भित्रि मधेस जोगबुढाको सिमलखेतमा ०६४ मा आएको बाढीले ३ सय ६४ परिवारको घर खेत बगाएपछि स्थानीय विस्थापित भएका थिए।रंगुन नदीमा तटबन्ध निर्माणसँगै दशकौं जंगलमा बस्दै आएका सिमल खेतसहित वडानम्बर ६ कै सरकौडा, ठण्डजलाका बाढीपीडित पनि आफ्नो जमिन खोज्दै थातथलो फर्किन थालेका छन्।

रंगुन नदीको कटान रोक्न २३ किलोमिटर तटबन्ध निर्माण गर्ने काम दु्रत गतिमा भइरहेको छ।ज्यान जोगाउन स्थानीय सिमलखेतबाट माथिको जंगलमा एक दशक भन्दा बढी समय बिताए। अहिले पनि कति पय स्थानीय जंगलमै बस्न बाध्य छन् भने कतिपय बगरलाई सम्याएर सिमल खेतमा झरेको वजिर साउदले जानकारी दिए। साउदले भने, ‘पुन्तुरा नदीमा तटबन्ध बनेसँगै आफू पुरानो खेतवारी खोज्दै बगरमा पुगेको र जमिन सम्याएर धान रोपें।’

१२ वर्षसम्म सामुदायिक बनमा बस्दै आएका सिमलखेतका बाढीपीडितले रंगुन नदीमा तटबन्ध निर्माणपछि वगर भएको आफ्नो खेतमा धान फलेसँगै जिविकोपार्जनका लागि सहज भएको बताए।राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पर्शुराम नगरपालिकाको रंगुन नदीमा तटबन्ध लगाइएको हो। तटबन्ध निर्माणपछि बाढी आउने डर हटेको बस्तीमा पर्खिरहेका पीडितको भनाइ छ। सिमल खेतका बाढीपिडतले १२ वर्षपछि बगरमा धान फलाउन थालेका परशुराम नगरापलिकाका मेयर भीबहादुर साउदले बताए। उनीहरूका लागि नगरपालिकाबाट खेत सम्याउन सहयोग गर्ने र पुरानै स्थानमा फर्किन समेत पहल गरेको मेयर साउदले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.