झापा स्पोर्टस अवार्ड : मनोनित खेलाडीको नाम सार्वजनिक

झापा स्पोर्टस अवार्ड : मनोनित खेलाडीको नाम सार्वजनिक

झापा : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ। 

‘झापा स्पोर्टस अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन तीनजना मनोनित भएका हुन्।  ‘झापा स्पोर्टस अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभा वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) छन्। 

त्यसैगरी, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन्। वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन्। 

वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगश चम्लिङ (कराते) परेको ‘झापा स्पोर्टस अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए।

खेलकुद पत्रकार मञ्चले (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गर्ने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए। 

खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ। उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन्।

‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण आगामी असोज १३ गते हुनेछ। अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइने मञ्चका अध्यक्ष खरेलले बताए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.