कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको मृत्यु

कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको मृत्यु

ताप्लेजुङ : कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको मृत्यु भएको छ। सिरक बनाउन पुराना कपडा पेल्ने क्रममा अकस्मात मेसिन पड्किएपछि विहारका ३० वर्षे महमद यूमिसको बिहीबार मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार यूमिससहित ३ जनाको समुह सिरक बनाउन  पाथीभरा याङ्वक गाउँपालिका—१ नाङखोल्याङ पुगेका बेला उनको मृत्यु भएको हो। 

‘भित्र काठ र बाहिर टिनको प्रयोग गरेर बनाइएको मेसिनमा पुराना कपडालाई पेलेर रुवा बनाउँदै रहेछन्,’ प्रहरी निरिक्षक विष्णु खड्काले भने,‘त्यही बेला मेसिन पड्किएर काठको टुक्राले अनुहारमा लागेछ र उनको घटनास्थलमै मृत्यु भएछ।’ 

उनीसँगै रहेका अन्य २ जना भने सकुशल छन्। शव जिल्ला अस्पतालको शवगृहमा राखिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने खड्काले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.