सिटी एक्सप्रेस, मेगा बैंक र क्विक पेबीच रेमिट्यान्स कारोबार सुरु
काठमाडौं : सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल क्विक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।
क्विक पेको ३७७० एटिएमका साथै ४०० भन्दा बढी रेमिटान्स सेन्टरबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि ७००० भन्दा बढी एजेन्ट र मेगा बैंकको १०२ शाखाबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।
नेशनल कमर्सियल बैंकको उच्च अधिकारीले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नयाँ प्रविधि र वृहत बजार रणनीतिको साथ अगाडी बढ्ने बताएका छन्।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टबाट ७००० भन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेका छ।