‘बोल्यो कि पोल्यो’

‘बोल्यो कि पोल्यो’

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अहिले बोल्न कठिन भएको बताएका छन्। आइतबार शमी साहित्य प्रतिष्ठानको ११ औं वार्षिकोत्सव र पुस्तक विमोचन समारोहमा बोल्दै नेता नेपालले बोल्नै कठिन हुने स्थितिको सिर्जना भएको बताएका हुन्। 

‘राम्रो कुरा बोले पनि अर्के आउने रहेछ’, नेता नेपालले भने, ‘अहिले धेरै नबोलौँ, बोल्यो कि पोल्यो हुन्छ।’ उनले नेत्रविक्रम चन्द्र ‘विप्लव’लाई शान्ति प्रक्रियामा आउन आग्रह गर्दा चुनौती दिए भन्ने समाचार आएको भन्दै आपत्ति जनाए।  

‘हिजो एउटा कार्यक्रममा विप्लवलाई आम सहमतिको विषयमा एक भएर अगाडी बढौँ, बन्दुक बोक्ने पार्टी छोड्नुहोस् भनेको थिएँ’, नेता नेपालले भने, ‘भरे विप्लवलाई माधव नेपालको चुनौती भन्ने आयो।’

नेता नेपालले काम गर्नुअघि गम्भीर भएर सोच्नुपर्ने बताए। ‘असम्भव भन्ने कुरा सम्भव हुने रहेछ। हामीले राजनीतिमा त्यो गरेका छौँ’, उनले भने, ‘तर के गर्दैछौँ भनेर सोच्नुपर्ने र समीक्षा गर्नुपर्ने बेला भएको छ।’  

उनले हरेक कामलाई योजनावद्ध अगाडि बढाउनुपर्नेमा जोड दिए। ‘सपनालाई विपनामा रुपान्तरण गर्न ठोस योजना बनाउनुपर्छ’, उनले भने, ‘योजना बनाएर मात्र हुन्न, त्यसलाई निरन्तर अनुगमन पनि गर्नुपर्छ।’ 

सरकारले खर्च गरिरहेको तर काम नदेखिएको भन्दै उनले  आपत्ति जनाए। ‘सरकारको खर्च भइरहेको हुन्छ तर काम केही भएको हुँदैन’, नेता नेपालले भने, ‘कामको मूल्यांकन गर्नुहोस्। राम्रो गर्नेलाई पुरस्कृत गर्नुहोस्। नराम्रोलाई दण्डित गर्नुहोस्।’

कार्यक्रममा एकसाथ तीन कृति सार्वजनकि भएका छन्। स्व.दाहाल यज्ञनिधिको निबन्ध सङ्ग्रह ‘जदौ’, घनश्याम राजकर्णिकारको ‘प्रतिनिधि नियात्रा’  र वीणा पौड्यालको ‘वेद पुराणका रत्नहरु’ सार्वजनिक भएका हुन्। 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले तीन कृति विमोचन गरेका हुन्। ‘जदौ’ निबन्ध सङ्ग्रह अन्नपूर्णकर्मी लुइटेल दिनेशले संकलन÷सम्पादन गरेका हुन्।  तीनै वटा कृति शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो।

प्रतिष्ठानको ११ औं वार्षिकोत्सवमा कृति विमोचनसँगै विभिन्न तीन प्रतिभालाई सम्मान गरिएको छ। १ लाख १ हजार १ सय १ रुपैयाँको ‘शमी साधना सम्मान’ माधव भँडारीलाई प्रदान गरियो भने ‘शमी युवा प्रोत्साहन पुरस्कार’ गायिका मेलिना राई र ‘शमी–समता लैङ्गिक अध्ययन पुरस्कार’ आश्वासन दाहाललाई प्रदान गरियो।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.