रेशम छुट्न सक्ने प्रचण्डको संकेत (भिडियो)
सुनसरी : नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाका मुख्य दोषी रेशम चौधरी छुट्न सक्ने संकेत गरेका छन् ।
थारु कल्याणकारी समाजले आईतवार सुनसरीको झुुम्कामा आयोजना गरेको जीतिया पर्व महोत्सवको अवसरमा बोल्दै प्रचण्डले टीकापुर लगायतका घटनामा लगाईएका झुटा मुुद्धा खारेज गर्ने बारे सैद्धान्तिक सहमती जुटिसकेको बताए ।
‘अस्ति भर्खरै बालुवाटारमा टीकापुर घटनाबारे छलफल गरेका छौँ,’ प्रचण्डले भने ‘सबै झुुटा मुुद्दा खारेज गर्नुुपर्छ भन्नै सैद्धान्तिक सहमति सहित खारेजीको प्रक्रियामा अगाडी बढिएको छ ।’