विप्लव नेताले गरे आत्मसमर्पण

विप्लव नेताले गरे आत्मसमर्पण

बागलुङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँका जिल्ला नेता अमृत सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन्।

व्यास नगरपालिका-१४ का ३१ वर्षीय सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ २० गते गिरफ्तार गरेको थियो। 

आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट १० हजार धरौटीमा छुटे लगत्तै प्रशासनमै आत्मसमर्पण गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

सापकोटाले प्रजिअ क्षत्री, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी गुल्म बागलुङका सहायक प्रहरी निरीक्षक किशन केसी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलावती शर्मालगायतका नेता तथा मानव अधिकारकर्मीको रोहबरमा लिखित रूपमै पार्टी परित्यागको घोषणा गरेका हुन्। 

लामो समयसम्म नेकपाको सक्रिय राजनीति गरेका सापकोटाले पछिल्लो समय पार्टीको गतिविधिमा सहभागिता जनाउन छोडेको बताए। बागलुङमा यसअघि जिल्लाको ढोरपाटन नगरपालिकाका नेकपा सम्वद्ध हरिबहादुर कुवरले प्रशासनमै आत्मसमर्पण गरेका थिए। 

तस्बिरः जिल्ला प्रशासन कार्यालय बागलुट्टमा आत्मसमर्पण गर्दै तनहुँका नेकपा नेता अमृत सापकोटा।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.