३ वर्षमा १२ गोलीकाण्ड

३ वर्षमा १२ गोलीकाण्ड

भैरहवा :

घटना १

बुटवल उपमहानगरपालिका–२ गढी टोलमा २०७५ चैत १३ गते गोली प्रहारबाट भारतीय नागरिक फिरोज खान मारिए। उनकी श्रीमती साहिना खातुनले भिनाजु कादिर अन्सारीसँग मिलेर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्यो। साहिना पक्राउ परिन्। अन्सारी फरार छन्।

घटना २

गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ल गत असार १७ गते बैंकबाट ४ लाख ६३ हजार झिकी अटो रिक्सा चढेर घरतिर फर्किंदै थिइन्। मोटरसाइकलमा आएका दुई अपरिचित युवा रिक्साको टायरमा गोली प्रहार गरी रकम लुटेर फरार भए।

घटना ३

वैकुण्ठपुरमा गत भदौ २९ गते गोली प्रहारबाट ओमसतिया–५ का ३५ वर्षीय महेन्द्र कुर्मीको ज्यान गयो। उनी बैंकबाट ५ लाख रुपैयाँ झिकेर    श्रीमती र छोरासहित मोटरसाइकल चढी घर फर्किंदै थिए। मोटरसाइकलमै आएका दुई युवक गोली हानी गरी ५ लाख रुपैयाँ लुटेर भागे। अभियुक्त पक्राउ परेका छैनन्।

केही वर्षयता यस्ता घटनाले रूपन्देहीका बासिन्दा त्रसित बनेका छन्। दुई–चार महिना अन्तरालमै गोली प्रहारका घटना भइरहेका छन्। यहाँ अपहरण, लुटपाटदेखि ज्यानै लिनेसम्मका घटना रोकिएको छैन। रूपन्देही आर्थिक क्षेत्र बन्दै गएकाले अपराधका घटना बढ्दै गएको पूर्वडीआईजी हेमन्त मल्लको विश्लेषण छ। यहाँ भएको गोलीकाण्डमा अधिकांश आर्थिक विषयै जोडिएको छ।

‘रूपन्देहीमा उद्योग, होटल, क्यासिनो, जग्गा, नदीजन्य पदार्थलगायत क्षेत्रमा लगानी बढ्दो छ। जिल्ला आर्थिक हब बन्दै छ’, पूर्वडीआईजी मल्ल भन्छन्, ‘त्यसकारण पनि अपराधीहरू विभिन्न रणनीति अपनाएर यहाँ सलबलाइरहेका छन्। सरकारले विशेष सुरक्षा प्रदान गर्न आवश्यक छ।’

३३ महिनामा गोली प्रहारका १२ घटना भएका छन्। यी घटनामा पाँच जनाको हत्या भएको छ। तीनवटा प्रहरी इन्काउन्टरका घटना छन्। दुईवटा लक्षित गोली प्रहार, एउटा लुटपाट र एउटा मुठभेडबाट व्यक्ति पक्राउ गरी हतियार बरामद घटना छन्।

रूपन्देहीमा नयाँ प्रहरी प्रमुख हेमकुमार थापा आएका छन्। उनले कस्ता योजना र रणनीति बनाउँछन् भन्नेमा सरोकारवालाको चासो छ। शान्ति– सुरक्षा कायम राख्न प्रहरीको संख्या अपुग देखिएको छ। यहाँ ११ लाख जनसंख्या छ। प्रहरीका ७७ वटा युनिटमा १ हजार २ सय ९२ जनशक्ति दरबन्दी छ। ८ सय ५१ नागरिकबराबर एक प्रहरी पर्छन्। जनघत्व बढ्दै गए पनि दरबन्दी उस्तै रहेकाले काम गर्न समस्या परेको एक प्रहरी अधिकृत बताउँछन्। सरकारले सीमामा निगरानी र प्रहरीको सूचना संकलनलाई प्रभावकारी बनाउनुपर्ने मल्लको भनाइ छ।

गोली प्रहारका घटनामा साना हतियारको प्रयोग देखिएको छ। भारतसँग खुला सीमाका कारण यस्ता हतियारको बिगबिगी देखिन्छ। अपराध बढ्दै गए पनि सुरक्षामा सरकारको लगानी अपुग रहेको सुरक्षा सम्बद्ध जानकार बताउँछन्।

‘सीमाबाट हुन सक्ने अपराध नियन्त्रण गर्न नाकालाई प्रविधियुक्त बनाउन आवश्यक छ’, उनी भन्छन्, ‘जसको लागि सरकारको लगानी, संलग्नता र निगरानी हुनुपर्छ।’

रूपन्देहीमा भएका गोली प्रहारका घटना

२०७६ भदौ २९ महेन्द्र कुर्मीको हत्या

२०७६ असार १७ रेशमकुमारी मल्लको रकम लुटपाट

२०७६ जेठ २ झिनक धोबीबाट हतियार बरामद

२०७५ चैत १३ फिरोज खानको हत्या

२०७५ पुस २८ केदार साहनी प्रहरी इन्काउन्टर

२०७५ जेठ ३ रामकेश धवलको हत्या

२०७४ फागुन २८ हरिश सेठियालाई लक्ष्य गरी गोली प्रहार

२०७४ फागुन ९ मनोज पुन प्रहरी इन्काउन्टर

२०७४ फागुन ९ सोम आले प्रहरी इन्काउन्टर

२०७४ पुस २१ वसन्त पौडेलको हत्या

२०७४ साउन २० दुर्गालाल भण्डारीलाई लक्ष्य गरी गोली प्रहार

२०७३ पुस ४ दुर्गा तिवारीको हत्या
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.