खोलाको जग्गा धितो राख्नेलाई ४ करोड ६२ लाख ऋण दिएपछि..

खोलाको जग्गा धितो राख्नेलाई ४ करोड ६२ लाख ऋण दिएपछि..

काठमाडौं : कमसल जग्गा धितो राखेर ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पु¥याएको आरोपमा बैंक अफ काठमाण्डु लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओे) अजय श्रेष्ठसहित ११ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले नियन्त्रणमा लिएको हो।

२०७१ फागुनमा झापाको कन्काई र सुनसरीको इटहरीमा रहेको जग्गा धितो राखेर मकवानपुरका सुरेन्द्र श्रेष्ठले चार करोड ६२ लाख ४८ हजार रुपैंया ऋण लिएका थिए। उक्त ऋण प्रवाह गर्न हस्ताक्षर गर्ने बैंकका सिइओ श्रेष्ठसहित कर्जा शाखाका कर्मचारीहरु रुपन्देहीका किरणकुमार बोहोरा, बाँकेकी ऋचा श्रेष्ठ, पर्सा वीरगन्जकी सुष्मा शाह, झापा चन्द्रगढीका गणेश लम्साल, काठमाडौं महानगरपालिका–७ का पुष्पराज भण्डारी र विभुबिक्रम पन्तसमेतलाई सीआइवीले नियन्त्रणमा लिएको छ।

झापा कन्काइस्थित बिरिङ खोलासँगै टाँसिएको जग्गामात्रै धितो राखेर सुरेन्द्रले डेढ करोड रुपैंया ऋण पाएका थिए। झापा र सुनसरीका दुई कित्ता जग्गा धितो राख्दा एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सीले मूल्यांकन गरेको पाइएको छ। उक्त कन्सल्टेन्सीले मूल्यांकन गरेकै आधारमा बैंकले चार करोड ६२ लाख ४८ हजार रुपैंया ऋण प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कन्सल्टेन्सीका सञ्चालक भेषराज खत्री भने हाल फरार छन्।

प्रहरीले बैंकका सिइओसहित सात जना कर्मचारीसँगै ऋणी सुरेन्द्र श्रेष्ठ, दलाली काम गर्ने काठमाडौंका भुपेन्द्र श्रेष्ठ, चितवनका ऋषीधर थपलिया र मकवानपुरका कृष्णकुमार कार्की पक्राउ गरेको छ। ‘मुख्य ऋणी सुरेन्द्र र उनकी पत्नीको नाममा ऋण प्रवाह भएको देखिन्छ’, सीआइवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले भने, ‘सुरेन्द्रले पत्नीको किर्ते हस्ताक्षर र औंठा छाप लगाएर ऋणको कागज तयार पारेको देखिन्छ।’

खोलासँगै रहेको जग्गालाई राजमार्गसँगै टाँसिएको जग्गा भनेर नक्कली कागज खडा गरेर ऋण प्रवाह गरेको देखिन्छ। ‘बैंकका सिइओ श्रेष्ठ पक्राउ परेपछि किन पक्राउ गरेको भनेर थुप्रैले सोध्नुभयो’, एसपी पाण्डेले भने, ‘कमसल धितो राखेर ऋण प्रवाह गर्दा अन्तिममा हस्ताक्षर गरेर ऋण प्रवाहको स्वीकृति उनै श्रेष्ठले गरेको देखिएकाले नियन्त्रणमा लिएका हौं।’

सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) निरज शाहीले ऋण प्रवाहमा बैंकको लापरबाही देखिएको बताए। ‘उहाँहरुले भ्यालुएटरको विश्वासमा करोडौं ऋण प्रवाह गर्नुभएको छ’, शाहीले भने, ‘जग्गा कहाँको हो, धितो मूल्यांकन पुग्छ कि पुग्दैन भनेर हेर्नुपर्दैन ? ’ प्रारम्भीक अनुसन्धानमा खुलेका तथ्यलाई आधार बनाएर सीआइवीले तत्कालीन सिइओसहित ११ जनालाई नियन्त्रणमा लिएको शाहीले जानकारी दिए।

उनले भने, ‘ऋणीले झुक्याउन खोजेपनि बैंकले सत्यताबारे जान नखोज्नु गम्भीर लापरबाही हो।’ सीआइबीले आइतबार पक्राउ परेका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुरमा अभियोग दर्ता गरेको छ। यो समूहलाई जिल्ला प्रहरी कार्यालय झापालेसमेत किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.