वषौँ पहिले ठेक्का, लथालिंग सम्पदा
ललितपुर : ०७२ सालको भुकम्पले क्षति पुर्याएका सम्पदाहरु अझै बन्न सकेका छैनन्। विश्वसम्पदा स्थल तथा संरक्षित स्मारक क्षेत्रका मन्दिरहरुको अवस्था वषौंसम्म लथालिंग रहेको छ। बुङ्गमतीको रातो मच्छिन्द्रनाथ, शंखमुलको जगतनारायण मन्दिर, स्वठको राधाकृष्ण मन्दिर र पाटन सुनधाराको उमामहेश्वर, पाटन दरवारको देगु तलेजु लगायत संपदा लथालिङ्ग अबस्थामा रहेका हुन्।
स्वठमा रहेको राधाकृष्ण मन्दिर चार करोड लागतमा बन्ने तय भएको थियो। ०७४ चैतमा काम सुरु गरी माघमा सम्पन्न गर्ने भनिएपनि अझै अथालिलंग नै देखिन्छ। ठेकेदारले अग्रिम भुक्तानी स्वरुप ४० लाख रुपैयाँ लिएका थिए। तर उनी लामो समयसम्म सम्पर्क बिहिन बसेका थिए। ठेकेदारको नाम कालो सुचीमा निकाल्ने भन्दै बारम्बार काममा फर्कन आग्रह गर्दा पनि नटेरेको दरवार हेरचाह तथा पुरातत्व विभागले जनाएको छ। काठैकाठको उतm मन्दिर बनाउने जिमा लिएको ठेकेदारलाई पुरा बजेटको दश प्रतिशत पेनाल्टी भराउने सहमती भएको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए। ‘यतिबेला काठको चौकोस, पीलर बनाउने तथा कार्भिंग गर्ने काम धमाधम भइरहेको छ,’ खनालले भने ‘०७६।०७७ भित्र निर्माण सम्पन्न गराउनुपर्नेछ।’
बुंगमतीको रातो मच्छिन्द्रनाथको मन्दिर अर्को महत्वपुर्ण सम्पदा हो। करिब चार करोड लागतमा बन्ने भनिएको उतm मन्दिरमा पुर्ण क्षति भएको थियो। श्रीलंकन सरकारको सहयोगमा बन्न लागेको यस मन्दिरको काम अगाडी बढ्न सकेको छैन। पुरानो ठेकेदारबाट नयाँलाई काम दिँदा उसले मन्दिरको सामान हस्तान्तरण गर्न मानेन। जिल्ला प्रशासन कार्यालयका ललितपुरका तत्कालिन प्रमुख प्रेमराज जोशीको संयोजकत्वमा ठेकेदार र सम्बन्धित निकायका मानिसहरुसँग बैठक भएको थियो। त्यसपछी मात्र नयाँ ठेकेदारलाई मन्दिरको सामान दिएको खनालले बताए। काममा लगाएर पैसा नदिएको भन्दै स्थानीयले पनि केही समय अवरोध पुर्याएको थिए। यस मन्दिरको निर्माण गतवर्ष नै सम्पन्न भइसक्नुपर्ने उनले जनाए।
पाटन सुनधाराको उमा महेश्वर मन्दिर निर्माण गर्नलाई तीन महिना पहिला मात्रै टेण्डर खुलाइएको थियो। तुल्सी डीआर जेभी र पचली भैरव निर्माण सेवाले ५० लाख लागतमा निर्माण सम्पन्न गर्ने तय भएको हो। तर काम सुरु भइसकेको छैन। शंखमुलको जगतनारायण मन्दिरको हालत पनि उस्तै छ।
आकारको हिसाबले दक्षिण एशियाको ठुलो र महत्वपुर्ण पनि मानिएको देगु तलेजु मन्दिर निर्माणको काम अहीलेसम्म थालनी भएको छैन। अनुमानित बजेट दश करोडमा बन्ने भनिएको उक्त मन्दिर जापान सरकारको सहयोगमा बन्ने भएको हो। चाहिने रकम जापान सरकारले पठाइसकेको छ। तर मन्दिर कसरी बनाउने निक्यौल भइनसकेको खनालले जनाए। स्थानीय उपभोक्ता समितिसँग मिलेर काम गर्ने कुरा भएकाले उपभोतmा समिती गठन गरेर पुननिर्माण प्राधिकरणमा पठाइएको छ।
चार महिना पहिला देगु तलेजु निर्माणका लागि टेण्डर खुलाएको थियो। तर महानगरपालिका लगायत स्थानीय उपभोतmा मिलेर टेण्डर रद्ध गराएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन जानकारी दिए। उनका अनुसार यस विषयमा राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग छलफल भईरहेको अवस्था हो।
महत्वपुर्ण सम्पदाहरु नबन्नुमा सार्वजनिक खरीद ऐन बाधक भएको उनी बारम्बार बताउँदै आएकाछन्। सरकारको बनाएको सार्वजनिक खरिद ऐन २०६३ का कारण ठुलाठुला आयोजनाहरु वर्षौंसम्म अलपत्र परेको बताए। त्यसैले बारम्बार यस ऐन शंसोधन हुनुपर्ने कुरामा लबिगं गर्दैआएकाछन्। यसै अन्तर्गत यस ऐनको नियममा छैटौ शंसोधन भएको थियो। त्यसमा निश्चित अवधीमा काम नसक्ने ठेकेदारहरुले पुन म्याद थप्दा जति अवधीका लागि सकाइसक्ने भनेकाछन् त्यसको ठीक आधा समयमा काम सकाउनुपर्ने भन्ने थियो।
तर सातौं शंसोधन पुन ठेकेदारको पक्षमा आयो। आठौं शंसोधानमा ठेक्का लिएर दश वर्षसम्म काम नगरी एघारौंवर्षमा काम गर्छु भनेर आएको खण्डमा काम उसैले पाउने वातावरण बनाइदियो। यसले ठेकेदारहरुलाई ठुलो मनोबल बढाई दिएको आरोप उनको छ। ‘जबसम्म यो ऐन रहिरहन्छ यो मुलुकको प्रगती हुनै सक्दैन।’
महर्जनले थपे यस ऐन अन्तर्गत ठेकेदारले टेण्डर पारीसकेपछी काम गर्नका लागि भन्दै अग्रिम भुतmानी लिन्छन्। खरीद ऐनको दफा १३ ले अग्रिम खर्चका लागि पुरा बजेटको २० देखी ३० प्रतिशत पैसा बुझाउनुपर्ने व्यवस्था गरेको छ। यही प्रावधानका कारण ठेकेदारहरुले पैसा लिएर पनि काम नगर्ने प्रवृत्तिको हाबी भएको ठम्याई छ। ‘ठेक्का लिएर त्यो पैसा अन्य ठाउँमा लगानी गर्न जान्छन्।’
पुरातत्व ऐनले पुरातात्विक सम्पदाहरु भत्किएमा माटो पनि नफाल्नु भन्छ। तर टेण्डर लगाउँदा यस्ता कुरामा ध्यान नदिएको आरोप महर्जनको छ। ‘सम्पदा घीनलाग्दो बनाउनु भन्दा बरु नबनोस, गुणस्तरहीन सामान प्रयोग गर्न पाईन्न।’
यस्तै लफडाका कारण पाटन दरवारको भीमसेन मन्दिर स्थानीय आफैले बनाउने जिम्मा लिएका महर्जनले बताए। चार करोड लगानीमा बन्ने भनिएको उतm मन्दिरको काम धमाधम भइरहेको छ।
कुम्भेश्वर मन्दिरको निर्माण पनि ०७४ चैत्रमा सुरु गरिएको थियो। दुइ करोड लागतमा सम्पन्न हुने भनिएको थियो। जयस्थिती मल्लले चौधौं शताब्दिमा बनाएको यस मन्दिर नेपालमा सबै भन्दा पुरानो र प्राविधिक रुपमा अप्ठ्यारो मन्दिर मानिन्छ। गतवर्ष नै निर्माण सम्पन्न भएपनि का अघि बढ्न सकेको छैन।
०७२ को भुकम्पले ललितपुरका एक सय ४४ वटा सम्पदाहरुमा क्षति पुगेका थिए। त्यसमध्ये ३१ सम्पदामा पुर्णक्षति भएको थियो। ६८ वटा आंसिक क्षति र ४५ सम्पदामा सामान्य क्षति पुगेको थियो। तयसमध्ये ३० वटा सम्पदा सुचीभित्रका हुन्।