निजगढ एयरपोर्टका लागि ज्यूरिच एजीसँग प्रस्ताव मागिने

निजगढ एयरपोर्टका लागि ज्यूरिच एजीसँग प्रस्ताव मागिने

काठमाडौं : लगानी बोर्डले निजगढ एयरपोर्ट निर्माणका लागि लगानी सम्मेलनका क्रममा आशय पेश गर्नेमध्येबाट स्वीस कम्पनी ज्यूरिच एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल-आरएफपी) माग्ने भएको छ ।

बोर्डको सोमबार बिहान बसेको बैठकले आशयपत्र पेश गर्ने ६ प्रस्तावक मध्येबाट ज्यूरिच एयरपोर्ट एजीलाई योग्य ठहर्‍याएको हो । यो कम्पनीले स्वीजरल्याण्डसहित एयरपोर्ट निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको छ ।  

लगानी बोर्डको बिहान बसेको बैठकले ज्यूरिचको आशयका आधारमा आरएफपी माग्ने निर्णय गरेको लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले जानकारी दिए । विमानस्थलको अनुमानित लागत ३ अर्ब अमेरिकी डलर छ।

आरएफपी मूल्यांकनपछि उपयुक्त भएमा सार्वजनिक-निजी साझेदारीमा विमानस्थल निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइने बताइएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि चाइना कम्युनिकेसन कम्पनीसँग आरएफपी माग गरिने भएको छ । बाहिरी चक्रपथका लागि चार प्रस्ताव परेका थिए । 

त्यस्तै, तल्लो अरूण जलविद्युत् आयोजनाका लागि तीनै प्रस्तावकसँग आरएफपी माग्ने निर्णय भएको अधिकारीले बताए । तीनैको आरएफपी मूल्यांकनपछि उपयुक्त ठहरिएको कम्पनीलाई निर्माणको जिम्मा दिइने अधिकारीले बताए ।

अरूण तेश्रो निर्माण गरिरहेको सतलज जलविद्युत् निगम (एसजेभीएन) ले पनि तल्लो अरूणका लागि प्रस्ताव गरेको छ । चीनको चाइना पावर कम्पनी र जापानको जे पावर वाटरले पनि तल्लो अरूण निर्माणका लागि आशय व्यक्त गरेका थिए । आरएफपी मूल्यांकनपछि उपयुक्त कम्पनी छनौट गरिने लगानी बोर्डले उल्लेख गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.