नेपाली टोली राष्ट्र संघ महासभामा, सहभागिता औपचारिक मात्रै

नेपाली टोली राष्ट्र संघ महासभामा, सहभागिता औपचारिक मात्रै

अमेरिका : संयुक्त राष्ट्र संघको ७४ औं महासभा बैठकमा भाग लिन नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली न्यूयोर्क आइपुगे लगत्तै भेटघाटमा सक्रिय छन्। राष्ट्र संघको मुख्यालयमा चलिरहेको महासभा बैठकमा भाग लिन मन्त्री ज्ञवालीसहितको टोली न्यूयोर्क आएको हो। 

मन्त्री ज्ञवालीको स्वागतका लागि राजदूत डाक्टर अर्जुन कार्की, स्थायी नियोगका प्रमुख अमृतबहादुर राई लगायत विमानस्थल पुगेका थिए।

मन्त्री ज्ञवाली सोमबारदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी हुनेछन्। मन्त्री ज्ञवाली आइतबार पूर्व तयारी बैठकहरूमा सहभागी हुने कार्यक्रम रहेको स्थायी नियोगका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिएका छन्।

विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीहरूले बोल्ने कार्यक्रम, महासभाको महत्वपूर्ण तथा उच्चस्तरीय बैठक डेभलपमेन्ट फर फाइनान्स विषयक बैठकमा मन्त्री ज्ञवालीले नेपालको नेतृत्व गर्दै बोल्ने छन्। यस्तै मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम मध्ये सार्क राष्ट्रको अध्यक्ष नेपाल रहेकाले मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम महत्वपूर्ण छ। परराष्ट्र मन्त्री ज्ञवाली वातावारण, विश्वव्यापी स्वास्थ्य, अति विकसित, अल्प बिकसित देशहरूको मन्त्रीस्तरीय बैठक लगायतका छलफलमा सहभागी हुनेछन्।

यस्तै यस पटकको महासभा बैठकमा वातावरण सम्बन्धी उच्चस्तरीय कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका उपसचिव सागर रिमाल सहित सहभागी हुँदैछन्। भने स्वास्थ्य सम्बन्धी उच्चस्तरीय कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव पुष्पा चौधरी सहित सहभागी हुँदैछन्। 

राष्ट्रिय योजना आयोगका विशिष्ट पदाधिकारी सहित तीन मन्त्रालयका मन्त्री, सचिव, उपसचिव र अन्य गरी करिव २० जना भन्दा बढीको टोली अहिले अमेरिकामा छ। योजना आयोगका पदाधिकारी एसडिजि समिटमा सहभागी हुन अमेरिका आइपुगेका हुन्। प्रत्येक चार चार वर्षमा हुने यो समिट महत्वपूर्ण मानिन्छ।

नेपालको सहभागीता औपचारिक मात्रै

महासभा बैठकमा विश्वभरका राष्ट्र प्रमुख तथा प्रधामन्त्रीहरूले वर्तमान अवस्थाका बारेमा सान्दर्भिक विषयहरूमा आफ्नो प्रस्तुती जनाउँदैछन्। यस पटकको बैठकमा विश्वभरबाट एक सय भन्दा बढी देशका राष्ट्र प्रमुख तथा प्रधामन्त्री सहभागी हुँदैछन्। तर नेपालले भने उच्चस्तरीय बैठकमा भाषणा गर्ने र केही मन्त्रीस्तरीय बैठकहरूमा औपचारिक सहभागीता मात्रै जनाउँदैछ। सन् १९५५ देखी सहभागी हुँदै आएको नेपालले हाल सम्मका महासभा बैठकहरूमा उठान हुने विषयमा दरिलो प्रस्तुती देखाउन सकेको पाइँदैन्।

हरेक वर्ष जम्बो टोली सहित राष्ट्र प्रमुख, प्रधानमन्त्री या मन्त्रीस्तरीय टोली महासभा बैठकमा भाग लिने गरेको पाइन्छ तर प्रस्तुतीका हिसावले बिरालो बाँधेर गर्ने श्राद्ध गरे जस्तै औपचारिक तर फितलो देखिन्छ।

राष्ट्र संघले दैनिक रुपमा जारी गर्ने प्रेस विज्ञप्ति अनुसार यस पटकको उच्चस्तरीय छलफलमा नेपालको नाम छैन्। विज्ञप्ति अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बर २३ तारिख बिहान १० बजेर ४० मिनेटमा क्लाइमेट एक्सन समिटमा भाग लिँदैछन्, उनले न्यूजिल्याण्डका प्रधानमन्त्री, मार्सल आइसल्याण्डका राष्ट्रपति र जर्मनका कुलपतिसंग संयुक्त रुपमा छलफलमा सहभागी हुदैछन्।

यस्तै पाकिस्तानीका प्रधानमन्त्री इमरान खानले नर्वेका प्रधानमन्त्री, कंगोका राष्ट्रप्रमुख, ग्वाटेमालाका राष्ट्रप्रमुख, डानवनका प्रमुख कार्यकारी तथा अध्यक्षसँग वातावरण सम्बन्धी छलफलमा सहभागी हुँदैछन्। यसैगरी बंगलादेशका प्रधानमन्त्री शेख हसिनले इजिप्टका राष्ट्रप्रमुख, घानाका राष्ट्रप्रमुख, मेलिण्डा एण्ड बिल गेट्स फाउण्डेशन प्रमुख बिल गेट्स, वल्र्ड बैंकका अध्यक्ष डेभिड माल्पासँग उच्चस्तरीय छलफलमा सहभागी हुँदैछन्।

नेपालका लागि स्थायी नियोगका अनुसार उच्चस्तरीय छलफलमा राष्ट्रप्रमुख या प्रधामन्त्री मात्रै बोल्ने कार्यक्रम रहेकाले नेपालले पालो नपाएको प्रतिकृया दिएको छ। मिसनका अनुसार नेपालका तर्फबाट यदी राष्ट्रप्रमुख या प्रधानमन्त्री आएको भए त्यस्ता उच्चस्तरिय छलफलमा सहभागी हुने सक्ने सम्भावना थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.