प्रचण्डले १६ सय वर्ष पुरानो सम्बन्ध कोट्याउँदै यसरी गरे चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा

प्रचण्डले १६ सय वर्ष पुरानो सम्बन्ध कोट्याउँदै यसरी गरे चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्नै लागेको सन्दर्भ र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको अवसरमा काठमाडौंमा नेकपाले एक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रम दुई देशका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले आआफ्नो अनुभव साट्ने बताइएको छ । यस क्रममा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अवसरमा सबै चिनियाँ नागरिक र त्यहाँका कम्युनिस्ट पार्टीका कार्यकर्तालाई बधाइ पदान गरे ।

प्रचण्डले दुई देशको सम्बन्ध ऐतिहासिक रहेको भन्दै त्यसको चर्चा गरेका थिए । लामो लिखित मन्तव्य नै दिँदै उनले चिनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा गरे । उनले भनेका थिए, ‘नेपाल र चीनबीच सदियौंदेखि जनस्तरको सम्बन्ध रहिआएको छ । अभिलेखित इतिहास अनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्बिनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौं शताब्दीको सुरुदेखि सातौं शताब्दी भित्रका घटनाले १६०० वर्षअघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आँकलन गर्न सकिन्छ ।’

एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन सम्बन्धका आधारभुत मान्यता रहेको उनको भनाइ थियो । यस्तै बेला बेला विवादमा पर्ने गरेको एक चीन नीतिको पक्षमा पनि आफूहरु रहेको उनले बताएका थिए ।

‘नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापुर्वक अवलम्वन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्बन्धको एक आधारभूत कडी हो,’ उनले भने । आफ्नो पार्टी नेकपाले पनि आफ्नो वैदेशिक नीतिमा उक्त विषय स्पष्ट ढंगले उल्लेख गरेको प्रचण्डले जानकारी गराएका छन् । यसबाहेक उनले नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोगका लागि धन्यवाद दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.