इन्भेस्टमेन्ट बैंक-ईसेवा सम्झौता

इन्भेस्टमेन्ट बैंक-ईसेवा सम्झौता

काठमाडौं : नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक ई-सेवा फोन पे प्रालि र नेपाल इन्भेस्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्स्मेन्ट बैंकबाट ई-सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाको सहजै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखामार्फत सहजै ई-सेवामा रकम लोड गर्न सक्नेछन् । ई-सेवा खातामा भएको रकम पनि सीधै बैंकमा जम्मा गर्न सक्नेछन् । ई-सेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाइजहाज र बसको टिकट, विद्यालय÷क्याम्पस को शुल्क भुक्तानी, होटल र रेस्टुरेन्टको बिल भुक्तानीलगायत विभिन्न सुविधा उपभोग गर्न सकिने बताइएको छ ।

पछिल्लो समयमा ई-सेवाले क्युआर कोडमार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल ई-सेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् । क्युआर कोडमा ई-सेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्थासमेत गरेको छ । अबदेखि नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले ई-सेवामा पैसा लोड गरी सजिलै क्युआर कोडमार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

ई-सेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल ई-सेवाका ग्राहक २५ लाखभन्दा बढी पुगीसकेका छन् । यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभररहेका ई-सेवाका ६० हजारभन्दा बढी एजेन्ट मार्फत ७५ लाखभन्दा बढीले ई-सेवाका सेवा लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.