राष्ट्रसंघ महासभाको मन्त्रीस्तरीय छलफलमा नेपाल सहभागी

राष्ट्रसंघ महासभाको मन्त्रीस्तरीय छलफलमा नेपाल सहभागी

अमेरिका : नेपालले संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको मन्त्रीस्तरीय औपचारिक बैठकमा सहभागीता जनाएको छ। 

नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सचिव, उपसचिव, विज्ञसहित विभिन्न मुलुकका समकक्षी, राष्ट्र संघका उच्च पदाधिकारी सँग औपचारिक, द्विपक्षीय भेटघाट गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार राष्ट्र संघका लागि सहयोग विभागका प्रमुख अतुल खरी, शान्ती संचालन विभागका प्रमुख जिन लेक्रोसी, फिनल्याण्डका विकास सहयोगमन्त्री भिली सिक्नरीसँग भेटघाट गरे।  यस्तै नेपालसहित बंगलादेश, इथोपिया, मालावीले संयुक्त रुपमा आयोजना गरेको युनिर्भसल हेल्थ कभरेज विषयक उच्चस्तरीय सहायक बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले स्वास्थ्य क्षेत्रमा गरेका प्रगती गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा आफ्नो धारणा राखेका छन्।

मन्त्री ज्ञवाली क्लाइमेट एक्सन समीट सम्बन्धी एक कार्यक्रममा वनमन्त्री शक्ति बस्नेतसहित सहभागिता जनाएका छन्। यस्तै फिनल्याण्ड, दुवईलगायत अन्य मुलुकका समकक्षीसँग द्विपक्षीय भेटघाट गरेका छन्।

उच्च स्तरीय बैठकमा उपप्रधानमन्त्री यादव 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले युनिर्भसल हेल्थ कभरेज विषयक उच्चस्तरीय बैठकमा भाग लिएका छन्। बैठकमा बंगलादेशका स्वास्थ्य तथा परिवारमन्त्री जाहिद मलेकु, इथोपियाका स्वास्थ्यमन्त्री अमिर अमन हागोस, मालावीका स्वास्थ्य तथा जनसंख्यामन्त्री जापी महान्गो सहभागी थिए। उक्त कार्यशालामा राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले अन्तिम टिप्पणी सुनाएका थिए।

कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले विश्व स्वास्थ्य समावेशको महत्व, भइरहेका प्रगति र गुणस्तरीय स्वास्थय विषयमा नेपालको धारणा राखेका थिए। सोमबार नै नेपालको प्रतिनिधि मण्डलको स्वागतका लागि स्थायी नियोगका प्रमुख राईले रात्री भोजको आयोजना गरेका थिए।

मंगलबार हुने औपचारिक उद्घाटन शत्रमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको नेतृत्व गर्नेछन्। उनको बोल्ने पालो अझै केही दिनपछि आउनेछ। उनी साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुख विभिन्न मुलुकका मन्त्री समावेश रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.