पाल्पामा नेपाली काग्रेसको विरोधसभा

पाल्पामा नेपाली काग्रेसको विरोधसभा

पाल्पा : नेपाली काग्रेस पाल्पाले सदरमुकाम तानसेनमा विरोधसभा गरी दास्रो चरणको जागरण अभियान समापन गरेको छ। तानसेनमा नारा जुलुश गर्दे वर्तमान सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै मखनटोलमा सडक जाम गरी विरोधसभा गरेको हो। 

विरोध सभालाई सम्वोधन गर्दै  जागरण अभियानाका केन्द्रीय प्रतिनिधी काजीमान श्रेष्ठले वर्तमान सरकारप्रति जनताको अभिमत बुझ्न र वर्तमान दुई तिहाई सरकारको कार्यशैलीको विरोधमा कार्यकर्ताहरुलाई परिचालन गर्न जागरण अभियान गरिएको बताए। 

वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई राहतभन्दा दुख बढी दिएको, हत्या हिंसा बलात्कारका घटनाहरु बढ्दै गएको, महङ्गी, भ्रष्टाचार, कमिसन काण्ड बढ्दै गएको, शान्ति र न्याय शुसासन हराउँदै गएकोले कांग्रेस बाध्य भएर सरकार विरुद्ध आन्दोलनको तयारीमा जुटेको केन्द्रीय प्रतिनिधी श्रेष्ठले बताए। 

विरोधसभामा पाल्पा पुर्वी क्षेत्रका प्रतिनिधि दोवाटे विक, पाल्पा पश्चिम क्षेत्रका प्रतिनिधि विष्णु पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति वीरबहादुर राना, नेपाली कांग्रेसकी कानुनी सल्लाहकार लालकुमारी राना, नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्यको उपस्थिति थियो। उनीहरूले यो सरकार बनेदेखि देशमा शान्ति अमन चयन, न्याय हराउँदै गएको, अख्तियार न्यायलय जस्ता संस्थाहररूमा कार्यकर्ता भर्ती गरेर संस्थालाई सरकार मुखी बनाएको, दुई तिहाईको नाममा देशमा लुटतन्त्र संचालन भएको आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.