नेपालका हिन्दूवादी गतिविधिमा हाम्रो संलग्‍नता छैन : आरएसएस प्रमुख

नेपालका हिन्दूवादी गतिविधिमा हाम्रो संलग्‍नता छैन : आरएसएस प्रमुख

नयाँ दल्ली : भारतीय सत्तारुढ दल भाजपाको माउ संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) का प्रमुख मोहन राव भागवतले धर्मनिरपेक्षतालाई सम्बन्धित मुलुकको निर्णय गर्ने अधिकारको रुपमा लिनुपर्ने बताएका छन्।

नयाँ दिल्लीमा पहिलोपटक विदेशी मुलुकका पत्रकारसँग प्रत्यक्ष सम्वादमा सहभागी भएका भागवतले धर्मनिरपेक्षता सम्बन्धित मुलुकको अधिकारको विषय भएको स्पष्ट पारे। सत्तारुढ भाजपाले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको विश्लेषण भइरहँदा राससका प्रमुख भागवतको यसविपरीत भनाई आएको हो।

‘हिन्दू राज्य भनेको सांस्कृतिक अवधारणा हो। कुनै राष्ट्रले आफ्नो मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्छ भने त्यहाँ विवादको स्थान नै हुँदैन', पत्रकारको जिज्ञासामा उनले भने, 'त्यो सम्बन्धित मुलुकले निर्णय गर्ने अधिकार हो।’ हिन्दूत्वका कट्टर समर्थक भागवतले धर्मनिरपेक्ष नेपाल राष्ट्रप्रति आरएसएसको धारणाबारे सोधिएको जिज्ञासामा आफ्नो स्पष्टिकरण दिएका हुन्।

२०७२ साल असोज ३ गते जारी 'नेपालको संविधान' ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको थियो। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाललाई पुनः हिन्दू राज्य भएको हेर्ने चाहना रहेको बताएका थिए। नेपाल हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताउने गरेका छन्।

नेपालमै पनि प्रमुख प्रतिपक्षी कांग्रेसभित्र हिन्दू राष्ट्रका पक्षमा लबिङ गर्ने समूह छ। कांग्रेसमा शशांक कोइरालासहितका नेताहरूले हिन्दू राज्यका पक्षमा वकालत गर्दै आएका छन्। कमल थापा नेतृत्वको राप्रपा र कतिपय हिन्दूवादी संगठन पनि खुलेरै हिन्दू राज्यको पक्षमा छन्।

'नेपाललाई दबाब छैन'

भागवतले नेपालमा आरएसएसको कुनै पनि दबाब नरहेको बताए। ‘संघले नेपालमा कुनै पनि दबाब दिएको छैन र दिँदैन पनि', उनले भने, 'नेपाल अलग मुलुक हो। नेपालमा भइरहेका क्रियाकलापमा हाम्रो कुनै  सरोकार छैन।'

आरएसएसका गतिविधि भारतभित्रमात्र सीमित रहेको दाबी गर्दै उनले नेपालमा हिन्दू राष्ट्रका पक्षमा रहेकाहरूसँग आफूहरूको संस्थागत सम्बन्ध नरहेको बताए। 'हाम्रा गतिविधि भारतभित्र सीमित छन्, यसले आन्तरिक रुपमा आफ्ना शाखा विस्तार गर्छ', उनले भने, 'नेपालको भाग्य र भविष्य तय गर्ने अधिकार नेपाली जनतामा निहित छ। नेपाली जनता यसका निर्णायक हुन्।’

सत्तारुढ भारतीय जनता पार्टीको मातृपार्टी आरएसएसका प्रमुख भागवतले आरएसएस गैरराजनीतिक उद्देश्यबाट परिचालित संस्था रहेको दाबी गरे। ‘नेपालमा हिन्दू स्वयंसेवक संघ सक्रिय छ र यसलाई नेपालीहरूले नै संचालन गरेका छन्। जसको आफ्नै संरचना र स्वरुप छ', उनले भने, 'राजनीतिक प्रोपगन्डाका उनीहरूले आफ्ना क्रियाकलाप गरिरहेका हुनसक्छन् तर त्यसको आरएसएससँग कुनै सम्बन्ध र सरोकार छैन।’

आरएसएस प्रमुख भागवतले संघ र सरकारबीच आवश्यक पर्दाबाहेक उति साह्रो सक्रिय भेटघाट नहुने बताए। 'सरकारले मागेको खण्डमा सुझाव दिन्छौँ र सरकारले गरेका निर्णयमा समर्थन जनाउँछौँ', उनले भने, 'आरएसएसका स्वयंसेवक सरकारमा जान्छन तर सरकारले गर्ने निर्णयमा चासो र हस्तक्षेप हुँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.