मुस्ताङमा २ दिने ‘कर शिविर’
जोमसोम : मुस्ताङस्थित जोमसोममा २ दिने कर शिविर सम्पन्न भएको छ। आन्तरिक राजश्व कार्यालय बाग्लुङका प्रमुख कर अधिकृतसहितको टोलीले आयोजना गरेको कर शिविर बुधबार सम्पन्न भएको हो।
मुस्ताङ उद्योग वाणिज्य संघलेसमन्वय गरेको उक्त कर शिविर मंगलबार र बुधबार संचालन भएको थियो। हिमाली क्षेत्रका विभिन्न स्थानमा आफ्नो उद्योग तथा व्यापार–व्यवसाय गर्दै आइरहेकालाई घरदैलोमै छिटो÷छरितो सेवा प्रवाह गर्ने उद्देश्यले कर शिविर संचालन भएको उद्योग बाणिज्य संघ मुस्ताङले जनाएको छ।
मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्थानीय उद्योगी तथा व्यवसायीहरुको अनुरोधमा कर शिविर संचालन भएको जानकारी दिए। बर्खायामको मौसममा यातायातको समस्या र आउजाउमा खर्चिलो हुने भएकाले जनताको घरदैलोमै सेवा पुर्याउन कर शिविर राखिएको जनाए।
संघको पहलमा मुस्ताङमा चौंथो पटक कर शिविर भएको अध्यक्ष तुलाचनले बताए। उनका अनुसार यसपटक आन्तरिक राजश्व कार्यालय बाग्लुङले व्यवासयीलाई शिविरबाटै कर चुक्ता प्रमाणपत्र उपलब्ध गरेको छ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङले मुस्ताङस्थित करदातालाई आ.व. २०७५/०७६ कर बुझाई राष्ट्र निर्माणमा योगदान गर्न अनुरोध गरेको छ। आन्तरिक राजश्व कार्यालयले स्थानीय करदातालाई आय विवरण बुझाउने, नया प्यान दर्ता गर्ने, व्यक्तिगत प्यान दर्ता गर्ने, प्यान नविरकण गर्ने र पछ्र्योट हुन बाँकी कर चुक्ता गर्ने लगायतको सेवा दिएको आन्तरिक राजश्व कार्यालय बाग्लुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले जानकारी दिए।